November 21, 2024, 10:10 am
» Nepal-India military cooperation talks today » जग्गा भाडामा लिएर कृषि गर्नेलाई ५० प्रतिशत अनुदान दिने निर्णय » ३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से, कारोबार कति ? » भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी » प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गतको पहिलो चरणको काम सुरू

राैतहटमा भव्यताका साथ मनाए एकादशी पर्व

कार्तिक २९, २०८१ मा प्रकाशित | २२४०दर्शक तीव्रखबर

राैतहट । हरिबाेधिनी एकादशी पर्वलाई महत्वकासाथ मनाउँदै आएका राई दनुवार समुदायले एकादशीका दिन बिशेष साँस्कृतिक कार्यक्रम गर्दै मनाएका छन् ।

राैतहटकाे चन्द्रपुरमा भएकाे राई दनुवार साँस्कृतिक विकास केन्द्र नेपालले आयोजना गरेकाे “बरके एकादशी” विशेष प्रस्तुति कार्यक्रम गर्दै एकादशी पर्व मनाएकाे हाे । दनुवार समुदाय  राई दनुवारहरुकाे साँस्कृतिक गीत, नृत्य तथा झाकीहरु प्रस्तुत गरिएकाे थियाे ।

संस्थाका अध्यक्ष श्याम किशोर राई दनुवारकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा  सस्थाका सल्लाकार शिब बहादुर राई जेठा नागरिकद्धारा श्वी आईते बहादुर राईलाई सम्मान्न गरिएकाे थियाे ।

उक्त कार्यक्रममा एकादशी पर्वलाई राष्ट्रिय पर्वका रुपमा सुचिकृत हुनुपर्ने माग समेत उठेकाे थियाे । गायक तथा संगीतकार सुर्य राई दनुवारले सरकारले हरिबाेधिनी अर्थात बरके एकादशीलाई राष्ट्रिय पर्वका रुपमा घाेषणा गर्नु पर्ने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा अन्य अतिथिहरुमा बिज्ञ नर कुमार राई दनुवार, बुद्धिजिबि अर्जुन राई दनुवार, बुद्धि बहादुर राई दनुवारका साथै संस्थाका सरक्षक  कुमार राई दनुवारले समेत आ-आफ्नो धारणा व्यक्त गरेका थिए । त्यसैगरी सस्थाका कोषाध्यक्ष गोमा कुमारी राईद्धारा स्वागत मन्तब्य व्यक्त भएकाे थियाे ।

प्रतिक्रिया