February 24, 2025, 10:13 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

क्रिश्चियन धर्म प्रचारमा अबौं लगानी गर्दै आइएनजीओहरू

मंसिर ६, २०८१ मा प्रकाशित | १३२०दर्शक तीव्रखबर

काठमाडौं,  । विदेशी दातृ निकाय अर्थात आइएनजीओहरुले नेपाललाई कसरी क्रिडास्थल बनाउँदैछन् ? यो वा त्यो नाममा उनीहरु कसरी नेपालमा लगानी खन्याएर नेपालमा खेल्दैछन् ?

पछिल्लो एउटा अध्ययनले क्रिश्चियनहरुले धर्मकै नाममा नेपालमा बार्षिक ७ अर्ब रकम खन्याएको भेटिएको छ । नेपालीको जीवनस्तर उकास्ने पवित्र उदेश्य बोकेर २७० बढी आइएनजिओ सक्रिय छन् ।

तीमध्ये तीन दर्जन बढी क्रिश्चियन धर्मसँग सम्बन्धित रहेको भेटिएको छ । समाजकल्याण परिषद्मा दर्ता भएका ५४ हजार हाराहारी एनजिओ / आइएनजिओमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य, वालबालिकाको क्षेत्र प्रथामिकतामा छन् ।

तीमध्ये अधिकांश आइएनजीओ तथा एनजीओको उदेश्य धर्म प्रचार गर्ने रहेको देखिन्छ । समाज कल्याण परिषद्का अनुसार अघिल्लो आर्थिक वर्षमा ७६ अर्ब ५१ करोड ३ लाख १९ हजार ४ सय १४ बराबरको लगानी स्वीकृत गराएका छन् ।

यस्तै ६५ वटा अन्तराष्ट्रिय गैसससँग सम्झौता भएका ९८ वटा परियोजनामार्फत ३९ अर्ब ८० करोड १९ लाख ३२ हजार २१८ बराबरको बजेट स्वीकृत गराएका छन्, पुल्चोकस्थित समाजकल्याण परिषद्बाट ।

२१ वटा अन्तराष्ट्रिय गैससको परियोजना संशोधनबाट ६९ करोड ६० लाख ७३ हजार ५१४ रुपैंया ३७ पैसा थप गरी कुल ४० अर्ब ४९ करोड ८० लाख ५ हजार ७५९ रुपैंया ३७ पैसा बराबरको सम्झौता अघिल्लो आर्थिक बर्षमा भएकोमा गैससका १४३ वटा वटा परियोजनाबाट ४ अर्ब ६६ करोड ९५ लाख ७४ हजार २०५ रुपैया ९२ पैसा नेपालमा खन्याएको भेटिन्छ ।

तीनलाई सुक्ष्म रुपमा केलाउँदा झण्डै तीन दर्जन आइएनजीओ क्रिश्चियन धर्मसँग सम्बन्धित रहेको भेटिएको छ ।

परिषद्का अनुसार, यस्ता आइएनजीओहरु विपद्को घडीमा भने वेपत्ता हुँदै आएका छन् । जस्तो भूकम्पदेखि हालै गएको बाढी विपत्तिमा यस्ता आइएनजीओहरु वेपत्ता थिए तर धर्म परिवर्तनको धन्दामा यी आइएनजीओहरु सक्रिय रहेको भेटिएको छ ।

बार्षिक ५० औं अर्वको कारोवार गर्ने यी आइएनजीओहरु ०७८ मा नेपालमा कोभिड भित्रदा यी एनजिओ/आइएनजिओ कहाँ थिए ?

समाज कल्याण परिषद्मा दर्ता भएकामध्ये स्वास्थ्य सेवामा काम गर्दछ भनेर दर्ता भएका आइएनजीओहरुमा नेपाल परिवार नियोजन संघ, नेपाल रेडक्रस सोसाइटी, पतञ्जली सेवा, करुणा फाउण्डेसन, सेत् नेपाल, कोसिस नेपाल, कारितास नेपाल, इस्लामी संघ नेपाल, ट्रान्सपरेन्सी इन्टरनेशनलका अलवा नेपाल नेत्रज्योती संघ अनौपचारिक सेवा केन्द्र (इन्सेक) माइती नेपाल, रोटरी क्लब, लुमन्ति (सम्झना लागयतका दजैनौं एनजिओ/आइएनजिओहरु भए पनि विपद्को घडीमा ती वेपत्ता झैं हुन्छन् ।

समाजकल्याण परिषद्का अनुसार दर्ता भएका एनजिओमध्ये ७५ प्रतिशत बढी एमालेसँग निकट छन् ।

यस्का अलवा क्रिश्चियनरी मिसनबाट अभिप्रेरित भएर सञ्चालित एनजिओहरुको पनि उत्तिकै बोलबोला छन् ।

एक एनजिओकर्मीका अनुसार, ४० जिल्लामा इसाई संघसंस्थाले विभिन्न कार्यक्रममा लगानी गरेको भेटिन्छ ।

तीमध्ये एडभेन्टिस्ट डेभलपमेन्ट रिलिफ एजेन्सी, वर्ल्ड भिजन इन्टरनेसनल, स्ट्रोमा फाउन्डेसन, किइन्दरनोथिल्फ नेपाल, सीबीएम नेपाल, चाइल्ड फन्ड, डान चर्च एड, फिनिस इभान्जेलिकल लुथ्रन मिसन, फिडा इन्टरनेसनल, फिन चर्च एड फाउन्डेसन, ह्याविट्याट फर फर ह्युमानिटी इन्टरनेसनलले यो वर्ष कार्यक्रमहरू सञ्चालन गर्दैछन् ।

इन्टरनेसनल नेपाल फेलोसीप, लेटर दे सेन्ट च्यारिटीज्, लुथरन वल्ड फेडेरेशन, लुथरन वल्ड रिलिफ नेपाल, मर्सी क्रप्स, मिसन इस्ट, नेपाल लिप्रोसी ट्रस्ट, द लेप्रोसी मिसन इन्टरनेशनल, युनाइटेड मिसन टु नेपाल, मेनोनाइट सेन्ट्रल कमिटी, समर इन्स्टिच्युट अफ लिङग्युस्टिक्स इन्क र आइएम स्वडिस डेललपमेन्ट पार्टनर हुन ।

जसले अघिल्लो आर्थिक बर्षमा झण्डै सात अर्व बजेट ल्याएका छन् ।

त्यही संस्थाको प्रभाव हुनुपर्दछ कुनै समय मन्दिरै मन्दिरको शहर भनिन्थ्यो, काठमाडौंलाई ।

आज यही सांष्कृतिक शहरमा चर्चको संख्या अहिले चार हजार कटिसकेको छ । जबकी विस २०७० सम्ममा काठमाडौंमा १८७ वटा चर्च थिए ।

०७० सालमा गृह मन्त्रालयले तयार गरेको एउटा प्रतिवेदन देशभर चर्चाहरुको संख्या १ हजार ४ सय ५ वटा रहेकोमा पछिल्लो ९ बर्षमा झण्डै १० गुणाले बढेर अहिले १५ हजार चर्च पुगेको तामाकोशी सन्देशमा उल्लेख छ ।

राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सिबी गहतराजका अनुसार अहिले देशभर चर्चको संख्या १५ हजार कटिसकेको छ ।

प्रतिक्रिया