November 7, 2024, 3:30 am
» छठ पर्वले सामाजिक एकतालाई बलियो बनाओस् : सभामुख घिमिरे » प्रधानमन्त्री ओलीबाट छठ पर्वको शुभकामना » रोनाल्डो र मेसीपछि सय गोल गर्ने खेलाडी बने लेवान्डोस्की » छठ पर्वको मुख्य दिन आज : यस्तो छ व्रतविधि » यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

कार्की पाँचौंपटक ललितपुरदेखि जनकपुर दौड्दै

कार्तिक २१, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं,  । धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म पाँचौंपटक दौड्ने भएका छन् ।

५४ वर्षीय कार्कीले मंसिर १८ गतेदेखि दौड यात्रा सुरु गर्ने छन् । करिब २ सय २५ किलोमिटर दूरी कार्कीले मंसिर २१ गते पूरा गर्ने छन् ।

गोदावरी नगरपालिका वडा १, गोदामचौरस्थित कार्कीटारको हनुमान मन्दिरबाट कार्कीले दौड प्रारम्भ गर्ने  छन् । उनी त्यहीका बासिन्दा हुन् ।

हनुमान मन्दिर पनि कार्की आफैले निर्माण गरेका हुन् । त्यही हनुमान मन्दिरमा २७ फिट अग्लो पिट्टलको गदा निर्माणका लागि सहयोग संकलन गर्न दौड्न लागेको कार्कीले जानकारी गराए ।

कार्की यसअघि काठमाडौंदेखि दोलखा ३ पटक, काठमाडौं बुटवल १ पटक, काठमाडौंदेखि सिन्धुली ३ पटक र काठमाडौंदेखि उत्तर प्रदेश १ पटक दौडेर पुगेका थिए ।

त्यस्तै उनले काठमाडौंदेखि भारतको पश्चिम बंगाल हुँदै भुटानको सिमाना फुन्छिुलिङसम्म दौडेका थिए ।

कार्कीका अनुसार २०६४ सालमा १ सय १ दिन लगाएर नेपालको तत्कालीन ७५ जिल्लानै दौडेर पुगेका थिए ।

प्रतिक्रिया