January 13, 2025, 11:36 am
» नागरिक लगानी कोषको ३० औ साधारणसभा सम्पन्न » थुनछेक बहस नकसकिए पछि रबि लामिछाने आज पनि हिरासतमै रहने » Historic Gharapjhong Fort turning into ruins » तरकारी खेतीबाट वार्षिक छ लाख आम्दानी » नाइजेरियामा गल्तीले सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

स्वर्णलक्ष्मी सहकारीकी लेखा समिति सदस्य पक्राउ

कार्तिक २१, २०८१ मा प्रकाशित | ९५०दर्शक तीव्रखबर

काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ ।

काठमाडौंको कालिमाटीमा रहेको उक्त सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको अभियोगमा उनलाई प्रहरीले गत राति नियन्त्रणमा लिएको हो ।

सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) अध्यक्ष रहेको उक्त सहकारीले रकम अपचलन गरेको भन्दै ६४५ जना बचतकर्ताहरूले जाहेरी दिएका थिए । 

बचतकर्ताहरूको जाहेरीको आधारमा प्रहरीले सो सहकारी ठगी सम्बन्धमा अनुसन्धान अगाडि बढाइरहेको बताएको छ । 

प्रतिक्रिया