आमा बुबालाई सोधेर सेक्सी बनेकी नायिका

- November 6, 2014 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । बलिउडमा एक पछि अर्को गर्दै विभिन्न नव नायिकाहरु भित्रिरहेका छन् । बलिउडका आफ्नो भविष्य बनाउनका लागी चलचित्रमा विभिन्न खालका दृश्य दिन समेत असहज महशुस नगर्ने नायिकाहरुको भिड बलिउडमा बढ्दै गएको छ । कुनै नायिका चलचित्रले मागे सबै दिन तयार छु भन्छन् त कोहि सेक्सी सिन दिन पनि जिम्मेवारी काम हो भन्दै हिड्ने गरेका छन् ।
राजा रवि वर्मा को उपन्यासमा आधारित भएर निर्माण भएको बलिउड चलचित्र ‘रंग रसिया’मा निकै कामुक दृश्य दिएकी अभिनेत्री नंदना सेन यहि भिडमा पर्छिन् । उनले भनेकी छिन्, ‘चलचित्रमा सेक्सी सिन दिनु निकै ठुलो जिम्मेवारी हो । अंगप्रदर्शन पनि एक जटिल काम हो । तर उनी सेक्सी सिन दिन भन्दा अगाडी आमा बुबाको राय लिने गर्छिन् । अंगप्रदर्शनलाई पनि आर्कषक र कलात्मक तरिकाले गर्ने हो भने यसमा कसैले विवाद गर्नु पर्ने अवस्था नै नरहने बताएकी छिन् ।
रणदीप हुड्डा र नंदना सेनको मुख्य भुमिका रहेको चलचित्र ‘रंग रसिया’को रिलिज मिति करिब ५ बर्ष देखी अन्योलमा रहदैं आएको छ । तर अब चलचित्र ७ नोभेम्वरमा रिलिज हुने पक्का भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!