एडिबीको रकममा महानगर र शंकटाको संलग्नतामा लुट

- May 21, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । हिन्दु धर्मालम्बीहरुको आस्थाको धरोहर मानिएको शंकटा मन्दिर परिसरको भुईं निर्माणमा अनियमितता भएको भन्दै निर्माणमा संलग्न पदाधिकारीमध्ये संयोजक लामो समयदेखि सम्पर्क विहिन भएका छन् ।

शंकटा टेवहालको भुईमा ढुंगा विच्छ्याउने योजनाको सहयोगी संस्था एडिबीको रकममा व्यापक अनियमितता भएको आरोप स्थानीयबासीहरुको छ । सो निर्माणको ठेक्का प्रक्रियामा उल्लेख भएको भन्दा कमसल सामाग्री प्रयोग गरेको, ढुंगाको मोटाई कम भएको, सिमेन्टको मात्रा कम गरिएको, लगायतका विभिन्न शिर्षकमा गुणस्तरहिन निर्माण कार्य भैरहेको भन्दै स्थानियबासीहरुले आरोप लगाउन थालेपछि संयोजग गौतम डंगोल केहीदिन अघिदेखि सम्पर्क विहिन भएका थिए । कसैको फोन नउठाउने र सम्पर्कमा समेत नबसेको भन्दै उनी थप आलोचित बनेका छन् ।

एडिबीको सहयोग तथा काठमाडौं महानगरपालिका र शंकटा कल्वको मातहतमा उक्त पुर्ननिर्माणका काम अगाडि बढेको भएतापनि पदाधिकारी र ठेकेदार कम्पनीको मिलेमतोमा अनियमितता हुन थालेपछि स्थानीयबासीहरु आक्रोशित बनेका हुन् । सो निर्माणमा पातलो साइजको ढुंगा प्रयोग भएको विषयमा प्रतिकृयाको लागि ठेकेदार अच्युतानन्द बराललाई जिज्ञासा लिँदा उनले स्वीकार गरे ।

शंकटा मन्दिर परिसरमाको भईंमा यसअघि चाइनिज ईंटा विच्छ्याइएकोमा सो ईंटालाई झिकि रातारात गायब पारेर समेत सो निर्माणमा संलग्न पदाधिकारीहरुले अनियमितता गरेको अरोप नाम उल्लेख नगर्ने शर्तमा एक स्थानियबासीले तीव्रखबरलाई बताए । सो निर्माणमा अनियमितता भएको भन्ने विषयमा प्रतिकृयाका लागि संयोजक डंगोललाई पटक पटक फोन गर्दा समेत उठाएनन् । थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!