बटुवालाई समेत जरिवाना : संरचना विहिन नियमको चाङ, ट्राफिक र महानगरको रकममा ध्यान

- May 10, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-राधाकृण कटुवाल

काठमाडौं । उपत्यकाका मुख्या व्यापारिक स्थानहरुबाट अहिले नगरपालिका र ट्राफिक प्रहरीले नो पार्किङ स्थलबाट दैनिक सयौं सवारी साधनहरुलाई कारवाही गर्दे आएको छन्, उनीहरुले न बढ्दो चापको सावारी साधनलाई व्यवस्थीत गर्न पार्किङको व्यवस्थापन गर्न सकेका छन् न त पछिल्लो समय ल्याएइको जेब्राक्रसको निर्माण नै कही व्यवस्थीत गर्न सकेका छन् । यसबाट पनि उनीहरु नियम बनाउने कार्यान्वयनमा कडाई गर्ने तर संरचनाबिहिन नियममा टेकेर ठूलो रकम संकलन गर्न तल्लिन रहेका छन् ।

त्यसैगरि उपत्यका बाहिर दुघर्टनाको चिन्ता, राजधानीमा सवारी जामको  चिन्ताले यति बेला चालक र यात्रु हैरानीमा छन ।
उपत्यकाको हकमा मापसे अभियान पछि धेरै नियन्त्रणमा आएको भएता पनि उपत्यका वाहिर मापसेले खासैे असर पुगेको छैन । हालसम्म भएका ठुला दुर्घटनामा क्षमता भन्दा बढि लोड र चालक कै लापरवाहीले हुने गरेको ट्राफिक महाशाखाले वताउदै आएको छ । पछिल्ला वर्षहरुमा दुर्घटना बढ्नुमा सिन्डिकेट र चालकको लापरवाही मुख्य कारण देखाउदै ट्राफिक प्रहरीहरु भने आफनो जिम्मेवारबाट पछि हट्ने गरेका छन ।

राजधानीमा मापसेदेखि लेन लाइन र हर्न निषेधको नियम कडाइका साथ पालना गराउदै आएको छ । जसले विगतमा भन्दा धेरै मात्रमा दुर्घटना नियन्त्रणमा आएको छ । तर विड्म्वना भन्नु पर्दछ उपत्यका वाहिर दुर्घटना नियन्त्रणमा नआउनुको कारण भने ट्राफिक प्रहरीले नियम पालना गराउनुको सट्टा सामान्य रकममा विक्दा दुर्घटनामा बृद्धि भएको बताइन्छ । कारवाही गर्दा जम्मा १५ प्रतिशत मात्र हुने हुदा कारवाही नै नगरी रकम बुझनेहरुले गर्दा यातयात व्यवसायी र चालकहरुले मनोमानी रुपमा यात्रुहरु राखेर सवारी सञ्चालन गरिरहेको पाइन्छ ।

क्षमता भन्दा बढि यात्रु चढाउन नपाउने कानुनी व्यवस्था रहेको भएता पनि कानुन पालना गराउने जिम्मा पाएको ट्राफिक प्रहरीहरु नै कमाउ धन्दामा लागेकाले दुर्घटना बढेको यात्रु्हरुको भनाइ छ ।

दुर्घटना भएको हप्ता दिनसम्म चनाखो हुने राज्यपक्ष त्यसपछि बेखबर भइदिदा यातयात सेवाबाट अकालमै ज्यान घुमाउनेको संख्या वर्षैनी बढ्दै गएको छ । पछिल्लो दश वर्षको तथ्यांक हेर्ने हो भने दैनिक ६ जना भन्दा बढिले ज्यान गुमाउदै आउनु परेको छ । सेवाको नाममा सञ्चालन हुदै आएको यातयात सेवा काल बनेर आइदिदा यात्रुहरु भने निकै डर त्रासका विच यात्रा गर्न बाध्य हुनु परेको अवस्था छ ।

राजधानी जस्तो अस्तव्यस्त ठाउमा सवारी नियम कडाइकासाथ लागु गराउन सक्ने ट्राफिक प्रहरी राजधानी बाहिर सवारी नियममा कडाइ गर्न नसक्नु गैरजिमेम्वार पन हो दुर्घटना परेका पिडित घाइतेहरु भन्छन । हुन पनि ४० वटा सिट क्षमता भएको गाडीमा ८०,९० जना यात्रु राखिन्छ र केहीलाई ट्राफिकले कारवाही गरेको देखाउन जम्मा पाँच सय जरिवान गराउने गरेको छ । जुन बसले दोब्बर भन्दा बढि यात्रु राखेर हजारौं भाडा उठाउने गरेको हुन्छ । बसलाई पाँचसय दिन कुनै ठुलो कुरा हुने छैन । यसरी क्षमता भन्दा बढि यात्रु बोक्नेलाई दश हजार जरिवान र यात्रु उतारेर राखेमा पक्कै पनि सवारी धनीले बढि यात्रु बोक्ने छैनन् । तर विडम्वना भन्नु पर्दछ ट्राफिकले सामान्य जरिवान होस वा पकेट खर्चमा जति यात्रु बोक्न पनि दिने गरेको छ । कतिपय चेक पोष्टले कडाइ गरेको देखाउन यात्रु झारेर ५० मिटर हिड्न लगाएर फेरी यात्रु बसमा चढाउने गरेको पाइन्छ । यसरी पानी माथिको ओभानो बन्न खोज्ने ट्राफिक प्रहरीका कारण पनि दुर्घटना हुने गरेको छ ।

चालकको लापरवाही र क्षमता भन्दा बढि लोडका कारण दुर्घटना भएको तथ्यांक सार्वजनिक गर्ने ट्राफिक प्रहरी भने क्षमता भन्दा बढि लोड बोक्न नियन्त्रण गर्ने सवालमा पूर्णरुपमा असफल हुदै गएको छ । राजधानी वाहिरको त कुरै छोडौं राजधानी मै समेत सार्वजनिक यातयातको हकमा क्षमता भन्दा बढि यात्रु बोक्न नियन्त्रण गर्ने सवालमा ट्राफिक प्रहरी उदासिन छन । ठुला बसमा मात्र होइन माइक्रो बसको ढोकामा समेत यात्रा गराउने धेरै छन । यसरी राजधानीमै यातायात व्यवसायीको दादागिरी देख्दा लाग्छ कानुनमा यातयात व्यवसायीका लागि छुट छ । राजधानीमा सञ्चालित सार्वजनिक यातयातका अगाडी ट्राफिक प्रहरी निकै निरही देखिन्छन ।

सानामा लुट, ठुलामा छुट
राजधानीमा सञ्चालित अधिकांस निजी सवारी चालक ट्राफिक प्रहरीको निसाना पर्दै आएका छन । कहिले सिट र हेल्मेट बेल्ट त कहिले मापसे । दुवैको अभियान पछि अहिले लेन अभियानले निकै उग्ररुप लिन पुगेको छ । सडकमा तैनाथ ट्राफिक प्रहरीका लागि राम्रै आर्थिक कमिसनको स्रोत बन्दै गएका निजी सवारी साधानका चालक ट्राफिक प्रहरीका गतिविधीदेखि हैरानी व्यहोर्न बाध्य छन ।

सवारी जाम नियन्त्रणको नाममा चालिएको यो अभियानबाट राजस्व देखि ट्राफिक प्रहरीले पाउने कमिसनमा निकै बृद्धि हुदै गएको छ । केही निजी कार जीप र मोटरसाइकललाई सामान्य भन्दा सामान्य गल्तीमा समेत कारवाही गर्ने ट्राफिक प्रहरी पहुँच भएका सवारी साधान र सार्वजनिक यातयातका सानामात्र होइन ठुलै गल्तीमा समेत आँखा चिम्लने गरेको पाइन्छ । विरालोले मुसा कुरेर वसे झै कारवाही गर्न तम्तयार भई सडकमा तैनाथ हुनेगरेका ट्राफिकले लेन पालना गराउन भन्दै क्यामारा समेत बोक्ने गरेका छन ।

ठुला र सार्वजनिक यातयातहरुलाई छुट दिने ट्राफिक प्रहरीले सामान्य गल्ती लेनमा निजी सवारी चालकले दश हात जोडेर विन्ती गर्दा पनि कारवाही गर्ने गरेको छ । हुन त नियम पालना गराउनु अत्यन्तै राम्रो कुरा हो तर नियममा पक्षवाद हुनु पक्कै पनि राम्रो कुरा होइन । सार्वजनिक यातयातको संघ समिति हुने र निजी सवारीको कुनै संघ संगठन नहदा सामान्य भन्दा सामान्य गल्तीमा ट्राफिक प्रहरीको सिकार वन्नु परेको निजी सवारी चालकहरुको भनाइ छ ।

राजधानीमा सञ्चालित अधिकांस सावर्जनिक यातयातले क्षमता भन्दा बढि यात्रु बोक्ने देखि लेन पालना नगर्नेमात्र नभई ट्राफिक प्रहरीलाई नर्टेने गरेको पाइन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!