पूर्वराष्ट्रपति डा यादवको स्वास्थ्य अवस्था सामान्य

- January 20, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ। पूर्वराष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।पेटसम्बन्धी समस्या भएपछि विहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका डा यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण आज गरिएको उहाँका छोरा चन्द्रमोहन यादवले जानकारी दिनुभयो ।विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ । अस्पतालमा भर्ना हुनु अगाडि पूर्वराष्ट्रपति डा यादवलाई पेटमा समस्या भएको थियो ।उहाँको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!