बैदेशिक रोजगार कम्पनीमा विना जानकारी अनुगमन गर्न पाइदैन : अध्यक्ष ढकाल

- January 13, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । बढ्दो बेरोजगारीको मौका छोप्दै अत्याधिक शुल्कमा लाखौ युवा÷युबतीलाई विदेश पठाउदै आएका म्यानपाबर कम्पनीका सञ्चालकहरुले विना जानकारी कुनै पनि कम्पनीमा अनुगन गर्न नपाईने बताएका छन् । कुनै पनि कम्पनीमा अनुगमन गर्नुपूर्व जानकारी दिएर मात्र आउन समेत व्यवसायीहरुले सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
शुक्रबार राजधानीमा नेपाल बैदेशिक रोजगार व्यवसायी संघको २४ औ वार्षिक साधारण सभामा संघका अध्यक्ष विमल ढकालले जतिसक्दो चाँडो फ्रि भिषा र फ्रि टिकटको व्यवस्था तत्काल खारेजी गर्न समेत माग गरेका छन् । उनले तत्कालिन श्रममन्त्रीले व्यक्तीगत लाभकै लागिमात्र सो निर्णय गरेको आरोप समेत अध्यक्ष ढकालले लगाएका छन् ।
उनले भने,‘सरकारले फ्रि भिषा र टिकट तत्काल खारेज गरिनु पर्छ, त्यसका साथै छापामार शैलिमा अनुगमन समेत गर्न पाईदैन ।’ श्रम तथा रोजगार मन्त्रालयले गरेको सो निर्णयका कारण व्यवसायी सञ्चालन गर्न कठिनाई भएको समेत उनले बताए । तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले सो निर्णय गरेपछि व्यवसायीहरु आन्दोलनमा समेत उत्रेका थिए ।
संघका अध्यक्ष ढकालले भने,‘दश हजारमा कामदार पठाउन सकिदैन, अब सो निर्णय पालना गर्नुको औचित्य समेत छैन ।’ पुरानो निर्णय खारेजीको माग समेत संघ गरेको छ ।  तत्कालीन श्रम राज्यमन्त्री गुरुङको कार्यकालमा २०७२ साल जेठ २६ गते निर्णय गर्दै असार २१ गतेबाट रोजगारदाताले सेवा शुल्क नदिएमा म्यानपावर व्यवसायीले कामदारबाट १० हजार मात्र सेवा शुल्क लिएर मलेसिया र खाडी मुलुकमा पठाउने निर्णय गरेको थियो ।
उक्त सहमति अनुसार मन्त्रालयले तत्कालीन सहसचिवको नेतृत्वमा वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको वैदेशिक रोजगार समन्वय तथा श्रम सहचारी शाखा प्रमुख र संघका ५ जना प्रतिनिधि रहको एक कार्यादल गठन गरेको थियो । तत्कालीन श्रम तथा रोजगार मन्त्री दीपक बोहराको कार्यकालमा उक्त कार्यदललको पटक–पटक बैठक बसेपनि त्यसले ठोस निर्णय दिन सकेको थिएन ।
यसरी बाहिर कामदारसंग १० हजार रुपैयाँको रसिदमा ल्याप्चे लगाउने तर १० लाख रुपैयाँ सम्म असुली गर्दै आएका म्यानपावर कम्पनीका सञ्चालकहरुले लामो समयदेखि कर समेत बुझाएका छैनन् । फ्रि भिषा र टिकटको विरोध गर्दै आएका तीनै व्यवसायीहरु ीभत्रभित्र गर्दैै आएको अबैध कारोबारको खोजी तीव्रखबरले जारी राखेको छ ।
यो पनि पढ्नुहोस्:

म्यानपावरको ठगीः दश हजारको रसिदमा ल्याप्चे : १० लाख असुली

विभागका यि कर्मचारीबाट हुन्छ सेटिङ (नाम सहित)

सरकार कर्मचारी र म्यानपावर सञ्चालकको सहमतिमा ठगी तीव्र


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!