जीतन भाइको कौडा सार्वजनिक

- January 8, 2017 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विशेषगरी गाउँ घरको नेपाली ठेट अनि टिपिकल गीत गाउन र लेख्न मन पराउने गायक एवं सर्जक जीतन भाईले कौडा साइला पुनको चौरासीमा  नामक गीत बजारमा ल्याएका छन् ।

यसभन्दा अगाडी तिन पाने कोदोको, छेउ राखेनन् कुरा काट्नीले, हङकङ्गको लाहुरे नामक गीतहरु बजारमा ल्याईसकेका जीतन भाइले २०६२ सालदेखि साहित्य अनि सांगितक क्षेत्रमा पाइला चालेका हुन ।  युद्धमा हारेको मन नामक गजल संग्रह बजारमा ल्याएका उनले अब उनी र म नामक मुक्तक संग्रह पनि प्रकाशन गर्न लागेका छन् ।

यस गीतमा आफ्नै गाउँको साइला पुन बाजेको चौरासीमा भजन गाउँदै गर्दा बसेको मायाले अहिले अर्कैको भएर गए पनि त्यो बेलाको स्मरण गराउदै माया लाएको भूल्यो कि छैनौं भनेर सोधेका छन् । स्वरमा गायिका मुना थापा मगर र दुर्गा रानाले साथ दिएका छन् भने ऐरेन्ज मनु रोका मगर, रेकडिङ्ग देबेन्द्र काउचा तथा शब्दरलय जीतन आफैले गरेका हुन ।

रेशम बोहोराको निर्देशन रहेको यस गितको म्यूजिक भिडियो लाई सप्तरंगी संसारले युबटुयुब मार्फत सार्वजनिक गरेको छ । यसैगरि जीतन भाइले दाहोरी  पन्चेबाजा गीत घुम्टेमुनी दरिम खोली एल्बम बजारमा ल्याउँन लागेको जानकारी दिए ।
बागलुंग मा जन्मिएका जितन भाइले प्रबासमा रहेर पनि आफ्नो कला संस्कृती मार्फत प्रवासीहरुको मन जित्न सफल बनेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!