सबैको मन जित्दै : आई अफ एजुकेसन

- October 12, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हुन त, पेशाले ओमकुमार मगर शिक्षासेवी हुन् तरपनि उनको मनमा शिक्षा मात्र दिनुभन्दा शिक्षा क्षेत्रमा देखिएको विकृत विसंगतिको न्यूनिकरण कसरी गर्ने भन्ने प्रश्नले सताई रहेपछि उनले लघु चलचित्र निर्माणबाट केही चेतना दिनसक्ने सोच बनाए, अनि सुरु गरे डकुमेन्ट्री अर्थात लघु चलचित्र निर्माण । त्यो पनि शैक्षिक विषयवस्तुमा नै केन्द्रीत कथालाई समेट्दै निर्माण भयो आई अफ एजुकेसन  ।

२०४३ सालमा संखुवासभामा जन्मिएका ओमकुमार मगर २०५९ सालमा उच्च शिक्षा हासिल गर्न राजधानी काठमाडौं आइपुगेका थिए । विद्यार्थी जीवनकालदेखि नै पढाईको अलावा अतिरिक्त क्रियाकलापमा समेत उर्जासिल मगरले आपूmमात्र पढेनन्, साना साना बालबालिकाहरुलाई पढाउन पनि शुरु गरे । औपचारिक शिक्षा अन्तर्गत डिग्री गरिसकेका उनी विगत केही वर्षदेखि भेनस पब्लिक स्कुलका प्रधानाध्यापकको कार्यभार सम्हाली रहेका छन् ।

साहारा फाउण्डेशन, राष्ट्रिय नागरिक सरोकार केन्द्र, जिपी कलेज लगाएत थुप्रै संघ संस्थासंग आवद्ध मगरको आँखा शिक्षामुलक लघुचलचित्र निर्माण तर्पm लम्कियो । शिक्षा क्षेत्रमा मौलाएको विकृति र यसलाई निराकरणको केही हदसम्म भुमिका खेल्ने अभिप्रायका साथ केही महिनाअघिमात्र उनले शैक्षिक चेतनामुलक डकुमेण्ट्री आई अफ एजुकेशन निर्माण गरेका हुन ।

i-offनैतिक शिक्षालाई शैद्धान्तिक शिक्षाले छोप्दै गर्दा शिक्षाजगतमा आइपरेको विकराल अवस्था र यसको निराकरणका निम्ति विभिन्न सम्बन्धित निकाएबाट खेलिनुपर्ने भूमिका तथा एउटा अबोध बालकको रंगिन भविष्यका खातिर अभिभावक, विद्यालय र स्वयं विद्यार्थीले खेल्नुपर्ने भूमिका लगाएत विषय वस्तुमा आधारित यो डकुमेन्ट्री उपत्यकाका दुई दर्जनभन्दा बढि स्कुल तथा कलेजहरुमा प्रदर्शन भैसकेको छ । लघु चलचित्र प्रदर्शन पश्चात विद्यार्थी एवं शिक्षकहरुबाट आएको सकारात्मक प्रतिकृयाबाट निर्माता ओमकुमार निकै उत्साहित देखिएका छन् । हुनत, उनले यो लघुचलचित्रमा लगानी मात्र गरेका छैनन् कथा लेखन हुँदै मुख्य भूमिकामा समेत अभिनय गरेका छन् ।

युवा चलचित्र निर्देशक घनश्याम तिमल्सिना (एन्टिना)को निर्देशनमा बनेको यो लघुचलचित्रमा ओमकुमारको अलवा सुरविर पण्डित, पल्पसा डंगोल, मञ्जु श्रेष्ठ, बेगम नेपाल लगाएतको मुख्य भूमिका रहेको छ भने ४ दर्जन भन्दा बढि विद्यार्थी एवं शिक्षक शिक्षिकाको समेत अभिनय हेर्न पाइन्छ । लघुचलचित्र निर्माण तथा प्रदर्शनलाई फेसन जस्तो रुपमा नलिइकन विशेषगरी समाज परिवर्तन गर्ने खालका सामाजिक एवं शैक्षिक लघुचलचित्र निर्माणमा जोडदिनुपर्ने तर्क मगरको छ । शिक्षा सेवासंगसंगै श्रव्यदृष्यको माध्यमबाट सन्देश प्रभाव गर्ने कोशिसको साथ लम्किरहेका उनको पाइला कहाँसम्म पुग्ने हो त्यो भने हेर्न बाँकी नै छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!