भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता हुने

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा । आगामी कार्तिक ४ देखि पोखरा रङ्गशालामा प्रथम पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुल्ला बास्केट बल प्रतियोगिता आयोजना गरिने भएको छ ।

कास्की जिल्ला बास्केट बल सङ्घको आयोजना तथा पाथिभरा ओभरसिज प्रालि काठमाडौँको मुख्य प्रायोजनमा हुने सो प्रतियोगितामा देशभरका १२ टिमको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नेत्रबहादुर सेनले जानकारी दिए ।

सो अवसरमा मुख्य प्रायोजक पाथिभरा ओभरसिज प्रालिका सञ्चालक तथा पूर्व राष्ट्रिय भलिबल खेलाडी हङ्शराज वाग्लेले प्रतियोगिता सञ्चालनका लागि रु दुई लाखको चेक सङ्घका अध्यक्ष सेनलाई हस्तान्तरण गरे ।

४० वर्ष भन्दा माथिका खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा प्रथम हुने टिमले रु ४०,४४४ र द्वितीय हुने टिमले रु २५, ५५५ पाउने सङ्घका सचिव धोजकुमार गुरुङले जानकारी दिए । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!