हामीले कर बुझाएका छौं, तैपनि झमेला किन ? विजय श्रेष्ठ (पानी व्यवसायी)

- January 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चन्द्रागिरी नगरपालिका वडा नं. ८ मातातिर्थका समाजसेवी एवं राजनीतिज्ञ भाईकाजी श्रेष्ठका छोरा विजय श्रेष्ठ पनि आफ्नो पिता जस्तै समाजसेवी हुनुहुन्छ । हाल उहाँ मातातीर्थ खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी केन्द्रका अध्यक्ष तथा उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी केन्द्रका केन्द्रीय कोषाध्यक्ष पदमा रहनुका साथै उहाँ नेपाल खानेपानी कम्पनीका प्रवन्ध निर्देशक हुनुहुन्छ ।

मानव जीवनको निम्ति अपरिहार्य मानिएको खानेपानी व्यवसायमा डेढ दशकदेखि सक्रिय उहाँ भुकम्प पिडितहरुलाई तत्कालिन समयमा निशुल्क पानी वितरण गर्न समेत पछि नहटी समाजसेवीको रुपमा पनि उत्तिकै परिचित व्यक्तित्व हुनुहुन्छ । श्रेष्ठले विभिन्न स्कुल तथा आश्रमका साथै अपांग तथा बालबालिका क्षेत्रमा पनि सहयोग गर्दै आउनु भएको छ ।

विश्वमा यतिबेला कृषिजन्य उत्पादनमा ह्रास आइरहेको कुरालाई मध्यनजर गर्दै श्रेष्ठले कृषि व्यवसायलाई पनि अंगाल्नु भएको छ । केही युवाहरुसंग सहकार्य गर्दै बाख्रा, टर्की, बटाई, माछा, हाँस, कुखुरा, खरायोे पालन व्यवसाय गर्दै आउनु भएका श्रेष्ठ नेपालका युवाहरु कृषिमा नलागी विभिन्न देशमा कडा मेहनत गरेकोमा उहाँ खिन्न हुँदै भन्नुहुन्छ – नेपालको अधिकांश जमिन बाँझो छ, युवाहरु कृषिमा काम नगरेर विदेश पलायन हुनु दुःखद् हो ।

खासगरि खानेपानी व्यवसायलाई विभिन्न बहानामा स्थानिय सरकारले दुःख दिँदै आएको गुनासो गर्नुहुँदै श्रेष्ठ भन्नुहुन्छ – मातातिर्थ वडा नं. ८ का वडाध्यक्ष सन्तोष खड्काले व्यवसायीहरुलाई अनावश्यक झमेला लगाउँदै आएको र व्यवसायलाई धरासायी पार्ने काम हुँदै आएको छ, हामीले विभिन्न निकायहरुमा ध्यानाकर्षण गराएका छौं तैपनि सुनुवाई भएको छैन्, मलाई दुःख लाग्छ ।

स्थानीय सरकारले मातातीर्थमा मात्र नभई उपत्यकाका अधिकांश क्षेत्रमा रहेको खानेपानी व्यवसायीहरुलाई विभिन्न झमेला लगाउँदै आएको कुरा सर्वविदिर्तै छ । विभिन्न चरणमा आन्दोलन समेत गरिसकेको व्यवसायीहरु यतिबेलासम्म सरकारले उनीको मागलाई सुनुवाई नगरेको कुराको स्मरण गर्दै श्रेष्ठ भन्नुहुन्छ – हामीले सरकारलाई कर बुझाएका छौं स्थानिय निकायलाईपनि बुझाउनु पर्ने कर बुझाएका नै छौं तैपनि विभिन्न बहानामा झमेला दिने काम भएको छ । यस विषयमा सरकारको ध्यानाकर्षण होस् भन्ने चाहन्छु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!