नगरपालिका क्षेत्रमा गरिएको निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

- September 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दीपक शर्मा, बर्दिया, बर्दियाको ठाकुरबाबा नगरपालिका क्षेत्रमा एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

ठाकुरबाबा नगरपालिका संरक्षक, अशिम पोलिक्लिनिक प्रा.ली. र शुलभ मेडिकल भुरिगाउको प्रँविधिक सहयोग , कम्प्युटर एसोसियसन नेपाल महासंघको सहकार्यमा र विकास प्रेमि युवा समुह बर्दियाको आयोजनामा त्रिभुवन माविमा भएको सो एक दिने निःशुल्क बृहत स्वास्थ्य शिविरमा पाच सए जनाले स्वास्थ्य परिक्षण गराएको आयोजक विकास प्रेमि युवा समुहका अध्यक्ष गोपाल निरौलाले बताउनु भयो ।

शिविरमा हाडजोर्नि तथा नसा सम्वन्धि विरामी , आ“खा जा“च , महिलाको समस्या लगायतका विरामी वढि देखिएका थिए ।

सर्वसाधारण जनताले गाउघरमै विशेषज्ञ स्वास्थ्य सेवा पाउन भन्ने उदेश्यले सो स्वास्थ्य शिविरको आयोजना गरिएको बिकास प्रेमि युवा समुह तथा कम्प्युटर एसोसियसन नेपाल महासंघ बर्दियाका  अध्यक्ष गोपाल निरौलाले जानकारी दिनु भयो ।

गाउघरमै स्वास्थ्य बिशेषज्ञ ल्याएर जा“च गराउदा सवैले फाइदा लिन सक्ने भएकोले शिविर संचालन गरेको बताउदै निरौलाले शिविरमा स्वास्थ्य परिक्षण गरी सामान्य रोग भएमा औषधि उपलव्ध गराउने रोग जटिल भए अन्यत्र रिफर गर्ने गरी शिविरको आयोजना गरिएको बताउनु भयो ।

शिविरमा भेरी प्रँदेशिक अस्पताल नेपालगञ्जका कन्सल्टेन्ट फिजिशियन डा.अल्तवान राहि,जिल्ला अस्पताल बर्दियाका मेडिकल अफिसर डा.मनोजकुमार तिमिल्सेना, कैलाली टिकापुरका अस्पतालका हाड जोर्नि विशेषज्ञ डा.लक्ष्मण सिग्देल , जिल्ला अस्पताल बर्दियाका जनरल सर्जन विजय उपाध्याय लगायतकाले विरामीको स्वास्थ्य परिक्षण गरेका थिए ।

आफनै गाउघरमा निःशुल्क स्वास्थ्य शिविरमा भएकोमा स्थानियवासी निकै खुसी देखिएका थिए, हाडजोर्निको समस्याबाट पिडित बनेका ठाकुरबाबा नगरपालिका वार्ड न २ का रामदैनु थारु आफु शिविरमा आएर लाभ लिएको बताउनु भयो ।

समाजसेवा तथा विकास कार्यमा युवाहरु गोलवद्ध भएर विभिन्न सामाजिक कार्य गर्ने योजना सहित अगाडि वढी विकास प्रेमि युवा समुह गठन गरी विभिन्न समाजसेवाका कार्यहरु गर्दै आइरहेका छन ।

विकास प्रेमि युवा समुहले रक्तदान कार्यक्रम, नगर सरसफाई, लागुपदार्थ विरुद्ध सचेतना कार्यक्रम ,स्वास्थ्य शिविर लगायतका सामाजिक कार्यहरु गर्दै आइरहको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!