होप एजुकेसनल एकेडेमि उदाहरणीय स्कुल बन्दै

- September 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बि. स २०७० सालमा हालको कागेश्वोरी मनहरा नगरपालिका -७ स्थापना भयको होप एजुकेसनल एकेडमी ले छोटो समयमै धेरै अभिभावक कोअन जित्न सफल भयको छ।सुरुमा ५ कक्षा सम्म अनुमति पायको यो स्कुलमा जम्मा ११ जना बिध्यार्थी बाट पठनपाठन सुरु गरेर हाल कक्षा ८ सम्म करिब २०० बिध्यार्थिहरु नियमित पढिरहेको कुरा प्रधानाध्यापक जोन साह ले बताउनुभयो ।” हेल्पिङ अदर पिपुल एभ्रीवेर”अर्थात Hope नाम राखियको यो स्कुलले करिब ५४ जना असहाय तथा अनाथ बालबालिका लाई शिक्षाको पारिलो प्रकाश प्रदान गरिरहेको छ भने अन्य बालबालिका को हकमा अन्य स्कुलले भन्दा निकै न्यून शुल्कमा पठनपाठन गराइरहेको कुरा स्कुल बोर्ड सदस्य गौरव थापाले बताउनुभयो ।२१ जना शिक्षक शिक्षिका ले दैनिक किताबी पठनपाठन को अलवा विभिन्न अतिरिक्त क्रियाकलाप मा समेत जोड दियर पढाइरहेको यो स्कुल आगामी दिनमा यरियाकै नमुना स्कुल बनाइ कक्षा १२ सम्म सन्चालन गर्ने कुरा बिध्यालय परिवार ले जानकारी गरायको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!