भारत र हङकङबाट अबैधरुपमा मोवाईल सेट भित्राउनेहरु यि हुन : नेपाली बजारमा चोरीपैठारीको सेट अत्याधिक (नाम सहित)

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं  । बढ्दो सूचना तथा सञ्चार सामग्री प्रयोगको मौका छोप्दै देशभरका मोबाइल पसलहरुमा चोरीपैठारी गरी नेपाल भित्र्याएको सेटहरुको विक्ती हुँदै आएको एक अनुसन्धानबाट खुलेको छ । व्यापारीहरुबाटै चोरीपैठारी गरी नेपाल भित्र्याएका सेटहरु उपभोक्तालाई विक्ती गरिँदै आएको र ती मोबाइल विक्ती गरिँदा सेटको बक्स नदिने र सामान्य बिल बनाउने गरेको पाइएको हो । भारतको राजधानी नयाँ दिल्लीबाट चोरी गरिएका मोबाइल नेपालका बजारमा ल्याएर बेच्ने गरिएको भारतीय प्रहरी रेकर्डमा समेत भेटिएको भारतीय दैनिक ‘हिन्दुस्तान टाइम्स’ मा उल्लेख छ । 

भारतबाट चोरीपैठारी गरी नेपाल भित्र्याएको मोबाइल सेट न्यूनतम ६० लाख भारु मूल्य बराबरको रहेको उल्लेख गरेको छ । यसरी चोरी गरिएका मोबाइलमा ९० वटाभन्दा बढी आइफोन र अन्य ब्राण्डको सेट रहेका छन् । केही वर्षदेखि नेपालमा विभिन्न ब्रान्डका फोनको मागमा भएको वृद्धिको मौका छोप्दै चोरीपैठारीबाट मागअनुसार सेट विक्ती गरिँदै आएको लामो समयदेखि न्युरोडमै व्यवसाय गरी बसेका एक व्यवसायीले गोप्यरुपमा बताएका छन् ।

स्रोतका अनुसार हाल विशालबजारमा पसल भएका ग्रिस अग्रवाल, न्युरोडको ताम्राकार र अन्य स्थानमा पसल भएका सुमित खेतान, राहुल बानियाँ, रवि भेटवाल, सञ्जीव घिमिरे, नरेन्द्र ढकाल, कल्पना तिवारी, सुधिर शाह, सञ्जय बगैयाँ, सवीहरी सापकोटालगायत नामका व्यापारीबाट अवैधरुपमा मोबाइल सेट भारतर हङकङबाट नेपाल ल्याउने गरेको आरोप लागेको छ । उनीरुले बढीमात्रामा सामसुङ, एमआई, वनप्लस, आईफोन र क्यामेराहरु ल्याई अत्यधिक मात्रामा मूल्य राखी विक्ती गरिँदै आएको दाबी स्रोतको रहेको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ ।

चोरीपैठारी गरी ल्याएको सेटको अत्याधिकमात्रामा बिक्री हुने ताम्राकार हाउस

नाम गोप्य राख्ने शर्तमा एक व्यवसायीले भने, ‘यिनीहरुबाट नेपाली बजारमा हुँदै आएको मोबाइल सेटको व्यापारमै नकारात्मक प्रभाव नबाएर व्यवसाय नै बिगार्दै आएका छन्, उनीहरुमाथि कुनै कारबाही हुन नसक्दा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आयो ।’ अधिकांश फोन सेट दिल्लीबाट नेपाल आउने नियमित बस सर्भिसबाट पठाउने गरेको प्रहरीको दाबी रहेको छ । उनीहरुले विभिन्न ब्रान्डका तीन सय १० वटा मोबाइल दिल्लीमा चोरीपैठारी गरेको समेत रेकर्ड भारतीय प्रहरीसँग भएको जनाइएको छ ।

सरकारी नीति र कानुनलाई बेवास्ता गर्दै लामो समयदेखि विभिन्न भन्सार नाका हुँदै त्यस्ता मोबाइल नेपाल भित्रिएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी रुपमा नियमन गर्न नसक्दा बजारमा अहिले चोरीपैठारीका मोबाइल सेटहरुको खुला रुपमा विक्ती भइरहेको छ । प्राधिकरणले ‘टाइप अप्रुभल’ नभएका मोबाइल सजिलै भित्रिने गरेको छ । नेपाली बजारमा विभिन्न माध्यमबाट भन्सार छली गरी ९८ प्रतिशत मोबाइल सेटहरु भित्रिने गरेको दाबी गरेका छन् ।

अत्यधिक मात्रामा भन्सार कर्मचारीको ‘सेटिङ’मा व्यापारीहरुले भन्सार छली गर्दै ७० प्रतिशत, विदेशमा काम गर्न गएका नेपालीहरु स्वदेश फर्किँदा विमानस्थलमा बोकाएर ल्याउनेमा १० प्रतिशत, व्यापारीहरुका आफन्त स्वदेश फर्किँदा ल्याउने १० प्रतिशत, न्यून भन्सार मूल्यांकन गरेर आठ प्रतिशतसहित ९८ प्रतिशत मोबाइल सेट मासिक रुपमा नेपाल भित्रिने गरेको छ । त्यसमा २ प्रतिशतले मात्र भन्सार राजस्व बुझाएर मोबाइल सेट नेपाल भित्र्याउने गरेको पाइएको छ । 

यसरी अवैधरुपमा चोरीपैठारी हुँदै आएका मोबाइल सेटहरुलाई सरकारले नियन्त्रण गर्ने भन्दै योजना सार्वजनिक गरे पनि अहिलेसम्म कुनै कारबाही गर्न सकेको छैन । सोही कारण करोडौँ रुपैयाँ राजस्व समेत सरकारले गुमाउनुपरेको छ । प्राधिकरणले चोरीपैठारी र नक्कली सेटबाट उपभोक्ता नठगियून् र वैधानिक बाटोबाट भित्रिएर राजस्वमा समेत टेवा पुगोस् भनेर मोबाइल, ट्याब्लेटमा अनिवार्य टाइप अप्रुभल लिने व्यवस्था गरे पनि उसैले नियमन गर्न नसक्दा बजारमा गैरकानुनी मोबाइलको बजारमा वृद्धि हुँदै गएको छ । 

आयात गरेर विक्ती गर्नुपूर्व हरेक मोडलको मोबाइलको टाइप अप्रुभल लिनुपर्छ । तर अहिले मोबाइल व्यापारीसँग सो टाइप अप्रुभल गरेको प्रमाणपत्र छैन । सो प्रमाणपत्र पाउन तोकिएको रेडियो कम्युनिकेसन स्ट्यान्डर्ड, इलेक्ट्रोम्याग्नेटिक कम्प्याटिबिलिटी स्ट्यान्डर्ड र सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्ने प्राधिकरणले व्यवस्था गरेपछि व्यापारीहरुबाट चोरीपैठारीकै सेट विक्ती गर्दै आएका छन् । अवैध रुपमा भित्रिएका मोबाइलकोे रेकर्ड नहुने भएकाले सुरक्षालाई समेत चुनौती थपिँदै गएको छ । 

दूरसञ्चार ऐन २०५३ को दफा १३ (च) तथा दफा १४ अनुसार हरेक मोडलका मोबाइल सेट तथा आइएसएम ब्यान्डका उपकरणका लागि प्राधिकरणबाट स्तर स्वीकृति लिन अनिवार्य छ । तर सो ऐनलाई मोबाइल व्यापारीहरुले कुनै पनि स्वीकृत लिएको पाइएको छैन । यसैगरी ताम्राकार मोबाइल हाउसमा उपभोक्तालाई एउटा सेट देखाएर अर्को चोरीपैठारीबाट नेपाल भित्र्याएको सेट दिने गरेको समेत पाइएको छ ।

ताम्राकार हाउसबाट कलर्स ब्राण्डको मोबाइल सेट खरिद गर्दा एउटा देखाएर अर्को सेट दिएको एक उपभोक्ताले बताएका छन् । उनले भनेका छ्न्, ‘ताम्राकार हाउसमा मोबाइल किन्दा यति दुःख दिएको थियो नि, त्यो देखाउन राखेको मोबाइल देउ नयाँ चाँहिदैन भन्दा दिएन । पछि नयाँ बक्समात्र साटिदियो ।’ 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!