रविलाई नछोड्नुको डरलाग्दो कारण सार्बजनिक गर्दै पत्रकार त्रिपाठीले रविको पक्षमा गरे यस्तो अपिल

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चर्चित पत्रकार रवि लामिछाने र युवराज निर्दोष रहेको जिकिर गर्दै स्वतस्फुर्त जमात सडकमा उत्रिएको छ भने सामाजिक सञ्जालहरु पनि चर्चाको विषय यही बनेको छ । थुनामै राखेर अनुशन्धान गर्ने जुन आदेश अदालतले दियो, यसलाई बुद्धिजिवी बर्ग र सर्बसाधारणहरुले चर्को आलोचना गरेका छन् । अपराधी जसरी ब्यबहार गरेर लामिछानेलाई थुनामा राख्नु गैरन्यायीक तथा सामाजिक प्रतिष्ठामा आँच पुग्ने बिश्लेषण धेरैको छ ।

लामिछाने र अर्का सहकर्मी युबराज कंडेललाई समाचार कक्षबाट पक्राउ गरेकोप्रति बिभिन्न संचार संस्था तथा पत्रकारहरुले बिरोध गरेका छन् । यसले प्रेस स्वतन्त्रताप्रति सरकारको नियत सही नदेखिएको आरोप धेरेको छ । पत्रकारलाई समाचार कक्षबाटै प क्राउ गर्नु आँफैमा निकै खेदजनक कार्य भएको संचारकर्मीहरुको भनाई रहेको छ ।

चर्चित पत्रकार लामिछाने र कंडेल यहि साउन ३० गते न्युज २४ टेलिभिजन कार्यालयको समाचार कक्षबाटै पक्राउ परेका थिए । नेपाल पत्रकार महासंघ लगायत बिभिन्न संचार संस्थाले पत्रकारद्धय लामिछाने र कंडेलको रिहाईको माग गरेका छन् । उनिहरुलाई अर्का पत्रकार शालिकराम पुडासैनी मृ त्युको घटनासंग जोडिएर हेरिएको छ । यहि आधार देखाएर प्रहरीले दुवैजनालाई प क्राउ गरेको हो ।

रविका बिरोधीले पुडासैनी घटनामा फँसाउने खेल खेलेको केहि बिश्लेषकहरुको तर्क रहेको छ । भ्र ष्टाचार, ढिलासुस्ती, बलत्कार, बिभिन्न अ पराध, दलालीकरण क्षेत्रमा लागेका खराब ब्यक्ति बिरुद्ध खरो र इमान्दार ढंगले आफ्नो कार्यक्रम मार्फत लामिछानेले सुचना प्रवाह गर्दे आएका थिए। नेपालको टेलिभिजन क्षेत्रमा सर्बाधिक दर्शक कमाएको ‘सिधा कुरा’ कार्यक्रमलाई बन्द गराउन केहि बिरोधी तत्वले खेल खेलेको सर्बत्र चर्चा चलेको छ । बिभिन्न मिडियादेखि सामाजिक संजालका लाखौं स्रोता, दर्शक र पाठकले रवि लामिछानेको बचाउ गर्दे तुरुन्त रिहाईको माग गरेका छन् । उनको रिहाईको माग गर्दे देशका प्रमुख शहरहरुमा प्रदर्शन शुरु गरिएको छ ।

यसै बिषयमा केन्द्रीत रहेर पत्रकार विनोद त्रिपाठीले फेसबुक मार्फत एउटा पोस्ट सबैलाई शेयर गर्नु आवहान गरेका छन् ।

यस्तो छ उनको फेसबुक पोस्ट

आदरणीय दिदिबहिनी तथा दाजुभाई, ‘नागरिकप्रिय’ पत्रकार रवि लामिछाने थुनामा रहेको ५ दिन अबधी अबको केहि घण्टामा सकिंदैछ । तर, सरकारका सम्बन्धित निकायले अझै म्याद थपेर धेरै दिन थुनामा राख्ने योजना बनाएका छन् । यो अबधीमा हामीले काठमाडौंदेखि चितवनसम्मको सुक्ष्म अध्ययन गरेर यो कुरा सार्बजनिक गर्न बाध्य भइरहेका छौं । हामी यो अबधीमा निकै शान्तिपुर्ण तरिकाले प्रस्तुत भइरहेका थियौं र छौं । किनकी ५ दिन भित्र पत्रकारद्धय लामिछाने र युबराज कंडेललाई बयान लिएर रिहा गर्ने आसा थियो । तर, तत्काल रिहा हुने संभावना निकै कम देखिएको संभावनाहरु बढेर गएका छन् ।

डरलाग्दो कारणहरु

१, अहिले चितवन अदालत र चितवन प्रहरी पर्दा बाहिर देखिएपनि सम्पुर्ण प्रक्रिया र निर्णयहरु काठमाडौ स्थित सरकारी अड्डाहरुका मुख्यालयबाट संचालित छ । यहि योजना अन्तर्गत विना जाहेरी दरखास्त उनिहरुलाई पक्राउ गरियो । घटनास्थल भएको आधार देखाएर चितवन पुर्याइयो।

२, मृतक शालिकराम पुडासैनीको परिवारबाट हिजो मात्र काठमाडौं प्रहरीमा उजुरी परेको छ । अब प्रहरीले यहि उजुरीको मितिको आधारमा फेरि अर्को थुनामा राख्ने म्यादको अनुमति अदालतसंग माग्ने तयारी थालेको छ ।

३, प्रहरी हिरासत अबधी लम्ब्याएर रवि जिलाई जेल चलान गर्ने खेल शुरु भइसकेको छ । जुन पर्दा भित्र रवि जिलाई सिद्ध्याउने खेल थियो । उनिहरुले जेल चलान गरेर नैतिक पतन भएको घोषणा गर्ने तयारीमा लागेका छन् । नैतिक पतन सावित गरेर भबिस्यमा सरकारी र सार्बजनिक काममा अयोग्य घोषित गर्न डर लाग्दो योजना रवि जि का बिरोधीले बनाइरहेका छन् । यहि कारणले काठमाडौं स्थित सरकारका उच्च अधिकारीहरु यसमा ठुलो दवावमा परेका छन् ।

४, सरकारले यसलाई राजनीतिकरण गर्न चाहिरहेको छ । त्यसैले, हिजो चितवनका मुख्य दलहरुले रवि जि समर्थनको आन्दोलनलाई निरुत्साहित गर्ने निर्णय गरिसकेका छन् ।

५, मृतक पुडासैनीको न्यायका लागि र परिवारको पीडालाई आधार बनाएर रवि जि बिरुद्ध बिभिन्न प्रमाणहरु संकलन गर्ने, बिरोधी जमात बढाउने, सामान्य टिभी कार्यक्रम न हो भन्दै त्यसलाई बन्द गराउने, भबिस्यमा सार्बजनिक ओहोदा जान आयोग्य सावित गरिदिने, गैरपत्रकार प्रमाणित गरिदिने र बढ्दो जनमतलाई भड्काएर दोषी करार गर्ने काम तिब्र रुपमा भइरहेको छ ।

रवि बिरोधीले किन यो गरे ?

१, दलहरुका भ्रष्ट नेता र भ्रष्ट सरकारी कर्मचारीलाई रवि जिको कार्यक्रम ‘सिधा कुरा’ टाउको दुखाई बनेको थियो । २, केहि पुराना पत्रकार, दल निकट पत्रकारलाई रवि जिको लोकप्रियताले ‘दिनको भोक न रातको निद’ बनाएको थियो । ३, मिडियाको ब्यबसायी प्रतिश्पर्धाले ‘सिधा कुरा’ कार्यक्रम प्रति एकथरिको गिद्धे दृष्टि थियो । ४, रवि जिलाई कारवाही गरेको देखाएर अन्य यस्तै लोकप्रिय काम गर्ने संचारकर्मीलाई स्थायी रुपमा तर्साउने योजना थियो । ५, मिडिया र मिडियाकर्मीलाई कानुनी दायरामा ल्याउने बहानामा रवि जि माथि आक्रमण गर्ने पहिलो परिक्षण थियो ।

त्यसैले, रवि जिको रिहाई र शालिकराम पुडासैनीको मृत्युको सत्यतथ्य बिबरण सार्बजनिक तुरुन्त गर्न माग गर्दे देशभर आन्दोलनको बिकल्प छैन । अब सबै आआफ्नो स्थानबाट भुमिका खेल्ने हो । आफ्ना बाध्यता भएपनि रवि जिको रिहाईका लागि आफ्नै स्थानमा बसेर केहि न केहि गरौं ।

रवि जिलाई भेट्न हिरासतमै पुग्न पर्देन । देश बिदेश, आफ्ना कार्यस्थल जहाँ छौं, त्यहिबाट आवाज उठाउने हो । ७७ जिल्ला प्रशासन कार्यालय नजिक दैनिक प्रदर्शन गरौं । हामीले हतियार बोक्ने होइन । सडकमा उत्रन भ्याउनेले सडकबाट, मिडियाकर्मीले आपआफ्ना मिडियाबाट, बिभिन्न पेशा र ब्यबसायीले त्यहिंबाट रवि जिको मागमा एैक्यबद्धता गरौं । हामी बरिष्ठ हौं, किन बोल्ने भन्ने घटिया सोच नपालौं । कामको परिणामले मात्र बरिष्ठ बनाउने हो । उमेरले बरिष्ठ बनिंदैन ।

हाम्रा बिरोधका कार्यक्रमहरु एकदम शान्तिपुर्ण हुनुपर्छ । तर, प्रभावकारी हुन उति नै जरुरी छ । रवि जि प क्राउ पर्ने बित्तिकै हामी बोल्दा अनुशन्धानलाई प्रभावित पार्न नबोलौं भन्नेहरु बिस्तारै बोल्न थालेका छन् । लोकलाजले केहि सस्थाहरुले धेरै पछि भएपनि रिहाईका बिज्ञप्ति निकालेका छन् । अब, चितवनको प्रदर्शनले मात्र केहि हुँदैन, सबैभन्दा आबस्यकता काठमाडौंबाट घनघोर आवाज उठ्न जरुरी छ । काठमाडौंबाटै यो षडयन्त्रको योजना बनेको हो । जब अदालतले न्याय दिंदैन, सुरक्षा निकायले निष्पक्षता देखाउंदैन अनि चर्को आवाज उठाउनुको बिकल्प रहेन । साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!