मलेसियामा महर्षिको राम्रो प्रदर्शन ।

- July 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मलेसिया / नेपालले मलेसियाको सरावक स्थित कुचिङ स्टेडिया जुलाई १९ देखि २१ सम्म भएको ‘सरावक चिफ मिनिस्टर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा’ एक संवरण, दुई रजत र ८ कास्य पदक जीतेको छ ।
उक्त प्रतियोगितामा सुप्रिमा बजगाईले फाईट तर्फ महिला ३७ केजी तैल समुहको फाईनल खेलमा यताईल्यण्डकी स्वान्चुलाई हराउदै संवरण पदक जीतेकि हुन । साथै ४७ केजि मुनिको खेलमा पुजा कुवरले मलेसियाकि वान सुइसंग पराजित हुँदै कास्य हात पारेकि थिइन र जुनियर फाईटरमा अमर भुजेलले ७३ केजी मुनीको फाईनल खेलमा ताईपेइका रिसानुसंग पराजित भै कास्य पदक मै चित्त बुझाएको थियो ।

यसै प्रतियोगितामा ३७ केजीको खेलमा महर्षि स्कुल तेकन्दो ग्रुपकीअलिसा सुनुवारले,४५ केजीमा महर्षि स्कुल तेकन्दो ग्रुपकै अभिषेक कटुवाल, ६२ केजीमा बिमल लामा, २९ केजीमा बिशन गुरुङ, ५१ केजीमा महर्षि स्कुलकी आस्था दाहाल, ३३ केजीमा कृतिक भण्डारी, ३३ केजीमा क्रिस थापा र सिगल फुन्समा ११ बर्ष उमेर मुनीमा महर्षि स्कुलकी रुपसना मगरले कास्य पदक जीतेकी छिन ।
नेपाली टिम म्यानेजर महेश्वर नेपाल, प्रमुख प्रशिक्षक कुमार लामा घिसिङ, प्रशिक्षक सरोज तामाङ र प्रशिक्षक कुमार तामाङको नेतृत्वमा यस प्रतियोगितामा सहभागी भएको थियो ।
यस प्रतियोगितामा खेलाडिहरुले निकै उत्कृष्ट प्रदर्शन गरेकोले आफु निकै खुसि भएको टिम म्यानेजर महेश्वर नेपालले बाताए ।
भरखरै सम्पन्न तेकन्दो प्रतियोगितामा सहयोग गर्ने सम्पूर्णलाई प्रिन्सीपल निर्मल पौडेलले धन्यवाद दिनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!