बुद्धजयन्तीमा बौद्धनाथमा विविध कार्यक्रम

- May 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गजेन्द्रबहादुर खपॉगी

काठमाडौ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकमा शनिवार शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ती बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएकोछ । उक्त कार्यक्रम बिशेष पूजा -अर्चना सहित धर्मगुरु टुल्कु औतारी लोसाड. नामग्याल रिन्पोछे ज्यूले एक बिशेष कार्यक्रम बिच बुद्ध जयन्तीको उदघाटन गर्नुभयो ।

उक्त अवशरमा बिशेष शोभा रयालीको आयोजना गरेका थिए । बौद्ध स्थित महेन्द्र बौद्द मा. वि. बौद्द फुलबारीबाट शुभारम्भ गरिएको शोभा विशाल -याली बौद्द स्तुपा बाट बौद्ध पिपलबोट हुदै टुसालचोक बाट पुन: बौद्ध स्तुपा परिसर परिक्रमा गरि सम्पन्न गरियो । उक्त विशाल शोभा रयालीमा बौद्धनाथ क्षेत्रबिकाश समितिका अध्यक्ष चन्द्रमान लामा लगायत सम्पूर्ण पदाधिकारी सहित , काठमाण्डौ क्षेत्र न.३ का संसद कृष्ण राई, वडा नं-६ का अध्यक्ष दिपेन्द्र लामा, जापानका लागी पूर्ब राजदूत डा. गणेश योन्जन, बुद्धिजिवी ,महानगरिय प्रहरी बृत बौद्ध, सितोरियो कराते शाखा बौद्ध,बिभिन्न बिधालय ,गुठी, महिला समुह, स्थानिय यूवा क्लव , सामुदायिक सेवा समिति, स्काउट, धिमे बाजा, एकल महिला समुह, जेष्ठ नागरिक , कलाकार, साहित्यकार,बौद्द जोरपाटी खडगी समुह, धार्मिक संघ-संस्था,धर्मगुरु,नागरिक समाज, मानव अधिकारवादी , पत्रकार, उधोगी-ब्यवसायी, स्थानीय,ब्यवसायी, कराते खेलाडी, लगायत हजारौको संख्यामा महानुभावहरु सहभागी भई उक्त शोभा रयाली लाई सफल बनाई बुद्ध जयन्ती सम्पन्न गरेका थिए ।

बौद्धनाथ क्षेत्र बिकाश समितिको संयोजकमा १२५ वटा बिभिन्न संघ-संस्था को आयोजनामा संचालित उक्त कार्यक्रममा यस अघि शान्ति दौड, रक्त दान, बिशेष प्रसाद बितरण कार्यक्रम गरी २५६३ औं बुद्ध जयन्ती मनाएको बौद्धनाथ क्षेत्रबिकाश समितिका अध्यक्ष चन्द्रमान लामा ले जानकारी गराउनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!