February 23, 2025, 9:04 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

बंगलादेशमा आरक्षण कोटाको विरोध प्रदर्शनमा ६ विद्यार्थीको मृत्यु शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

साउन २, २०८१ मा प्रकाशित | ६६०दर्शक तीव्रखबर

बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ६ जना विद्यार्थीको मृत्यु भएको छ। प्रदर्शनमा रहेका विद्यार्थीको मृत्युपछि देशभरका विद्यालय र विश्वविद्यालय बन्द भएका छन्। अर्को आदेश नभएसम्मका लागि बन्द गरिने जनाइएको छ।

बंगलादेशले देशको स्वतन्त्रताका लागि लडाइमा सहभागी भएकाको सन्तानलाई सरकारी जागिरमा आरक्षण दिइएको छ। सन् १९७१ मा बंगलादेश स्वतन्त्रता संग्रामपछि पाकिस्तानबाट अलग भएको थियो।

आलोचकका अनुसार यो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने समूहका छोराछोरीलाई अनुचित रूपमा फाइदा पुर्‍याउनेछ। शेख हसिना जनवरी महिनामा लगातार चौथो निर्वाचनमा विजयी भएकी थिइन्। उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन्।

बंगलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध विगत केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ। केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो आक्षणमा प्रतिबन्ध लगाइएको थियो। गत महिना मात्र एक अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको थियो। बीबीसी

प्रतिक्रिया