November 23, 2024, 8:58 pm
» अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु » इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु » काठमाडौँमा आज तीन शव भेटिए » गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो रुपमा हुन्छ : मन्त्री पाण्डे » चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…

प्रहरी हिरासतमै पुकार बमले थाले अनसन

कार्तिक १३, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं । सरकारको विरुद्ध आन्दोलनका क्रममा बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पुकार बमले प्रहरी हिरासतमै अनसन सुरु गरेका छन् ।मंगलबार दिउँसो बालुवाटारमा प्रदर्शनका क्रममा नेता बमसहित अन्य रास्वपा समर्थकलाई प्रहरीले पक्राउ गरेको थियो ।उनीहरुलाई पक्राउ गरी अहिले प्रहरी बृत्त दरबारमार्गमा राखिएको छ । राजनीतिक प्रतिशोध साँधेर सरकारले सभापति लामिछानेलाई पक्राउ गरेको भनेर आन्दोलन गरिरहेका बमले राजनीतिक प्रतिशोधको विरुद्ध भन्दै प्रहरी हिरासतमै अनसन सुरु गरेका हुन् ।

रास्वपा सांसद सोविता गौतमले सामाजिक सञ्जालमा लेख्दै सो कुरा जानकारी दिएकी हुन् ।

‘बालुवाटारको गल्लीमा न ब्यानर थियो, न नाराको गुञ्जन, न त भिड नै थियो। तर अधिनायकको आदेशमा सांसद र निर्दोष नागरिकलाई मुक्का हान्दै गिरफ्तार गरियो। राष्ट्र बैंक पुगेकाहरू समेत थुनिए-यो लोकतन्त्रको नाममा दमन होइन र ? पुकार बममाथिको दमनको कडा भर्त्सना गर्दछु । उहाँ अहिले यो दमन विरूद्ध निर्जल, निराहार दरबारमार्ग प्रहरी कार्यालयमा अनशनमा बस्नुभएको छ,’ उनले भनेकी छिन् ।

प्रतिक्रिया