March 12, 2025, 10:43 pm
» काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा » उद्योगमन्त्री माल्टा जाँदै, वनमन्त्री जर्मनी » ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु » काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमतिबेगरै खाद्यान्न प्याकिङ » देशलाई नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ : बाबुराम भट्टराई

राैतहटमा भव्यताका साथ मनाए एकादशी पर्व

कार्तिक २९, २०८१ मा प्रकाशित | ४२९०दर्शक तीव्रखबर

राैतहट । हरिबाेधिनी एकादशी पर्वलाई महत्वकासाथ मनाउँदै आएका राई दनुवार समुदायले एकादशीका दिन बिशेष साँस्कृतिक कार्यक्रम गर्दै मनाएका छन् ।

राैतहटकाे चन्द्रपुरमा भएकाे राई दनुवार साँस्कृतिक विकास केन्द्र नेपालले आयोजना गरेकाे “बरके एकादशी” विशेष प्रस्तुति कार्यक्रम गर्दै एकादशी पर्व मनाएकाे हाे । दनुवार समुदाय  राई दनुवारहरुकाे साँस्कृतिक गीत, नृत्य तथा झाकीहरु प्रस्तुत गरिएकाे थियाे ।

संस्थाका अध्यक्ष श्याम किशोर राई दनुवारकाे सभापतित्वमा भएकाे साे कार्यक्रममा  सस्थाका सल्लाकार शिब बहादुर राई जेठा नागरिकद्धारा श्वी आईते बहादुर राईलाई सम्मान्न गरिएकाे थियाे ।

उक्त कार्यक्रममा एकादशी पर्वलाई राष्ट्रिय पर्वका रुपमा सुचिकृत हुनुपर्ने माग समेत उठेकाे थियाे । गायक तथा संगीतकार सुर्य राई दनुवारले सरकारले हरिबाेधिनी अर्थात बरके एकादशीलाई राष्ट्रिय पर्वका रुपमा घाेषणा गर्नु पर्ने धारणा व्यक्त गरे ।

उक्त कार्यक्रममा अन्य अतिथिहरुमा बिज्ञ नर कुमार राई दनुवार, बुद्धिजिबि अर्जुन राई दनुवार, बुद्धि बहादुर राई दनुवारका साथै संस्थाका सरक्षक  कुमार राई दनुवारले समेत आ-आफ्नो धारणा व्यक्त गरेका थिए । त्यसैगरी सस्थाका कोषाध्यक्ष गोमा कुमारी राईद्धारा स्वागत मन्तब्य व्यक्त भएकाे थियाे ।

प्रतिक्रिया