March 12, 2025, 9:07 pm
» काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा » उद्योगमन्त्री माल्टा जाँदै, वनमन्त्री जर्मनी » ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु » काठमाडौंका तीन खाद्य गोदाममा छापा, अनुमतिबेगरै खाद्यान्न प्याकिङ » देशलाई नयाँ वैकल्पिक शक्तिको आवश्यकता छ : बाबुराम भट्टराई

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

फाल्गुन २८, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं – काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।

हाल गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशको पहाडी भूभागमा मौसमी प्रणाली विकसित भई पूर्वतिर सर्ने क्रममा रहेको र पहाडी क्षेत्रहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा पनि गड्याङ्गुडुङसहित अहिले वर्षा भइरहेको छ । ती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । अहिले राति वर्षा भएकाले उपत्यकामा दैनिकी सकेर घर तथा फर्कन लागेका नागरिकहरू प्रभावित भएका छन् ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षा भएपछि उपत्यकामा चिसो महसुस गरिएको छ । विगत केही दिनदेखि नेपालमा मौसम बदली भएको थियो । जसका कारण आज हवाई उडानसमेत प्रभावित भएको थियो ।

प्रतिक्रिया