उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारी माल्टा जान लागेका छन् । सोमबार बसेको क्याविनेट बैठकले भ्रमण स्वीकृत गरेको हो ।
मन्त्री भण्डारीले चैत १५ गतेदेखि १७ सम्म त्यहाँ आयोजना हुने १६औँ ‘एनआरएनए युरोपियन रिजिनल कन्फ्रेस’मा सहभागी हुने कार्यक्रम छ ।
त्यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही जर्मनी जाने तय भएको छ । चैत १२ र १३ गते बर्लिनमा आयोजना हुने ‘पिटरवर्ग क्लाइमेट डायलग’मा भाग लिन उनी त्यहाँ जान लागेको बताइएको छ ।
महालेखापरीक्षक तोयम रायाको स्पेन र थाइल्याण्ड भ्रमण पनि क्याविनेटबाट स्वीकृत भएको छ ।
प्रतिक्रिया