January 15, 2025, 7:51 pm
» सांसद चौधरीविरुद्धको रिट खारेज,सांसद पद कायम रहने » कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल » साइकलको सिटमुनि लागुऔषध, सुनसरीबाट एक युवक पक्राउ » आशिका तामाङलाई अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो पाँच दिन म्याद » पेट्रोलियम पदार्थको मूल्य बढ्यो

देशलाई निकास दिन कांग्रेस-एमालेबीच गठबन्धनः उपमहासचिव ज्ञवाली

कार्तिक ५, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

सिमकोट (हुम्ला), : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताउनुभयो ।

एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भइ सरकार बनेको हो ।” उहाँले वर्तमान सरकार आगामी चुनावसम्म टिक्ने समेत बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताउनुभयो ।

विसं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि  माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक संकेत देखिएका छन्, जनतामा विश्वास बढेको छ, सहकारीमा ठगिएका पीडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ भने विकास निर्माण सुरु हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सम्बन्ध सुदृढ भएको छ ।”

उपमहासचिव ज्ञवालीले हुम्ला अपार सम्भावना बोकेको र सम्भावनाले भरिएको जिल्ला भएको बताउनुभयो । उहाँले २४ वर्षपछि आफू यहाँ आउँदा धेरै परिवर्तन भएको पाएको बताउनुभयो ।

उहाँले आफू यहाँ आएर नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाशको समेत दर्शन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

सदरमुकाम सिमकोट राष्ट्रिय सडकसँग जोड्ने खार्पुदोभानको कर्णाली नदीमा पक्की पुल बन्न समय लाग्ने भएकाले बेलीब्रिज पुनःनिर्माणलाई सरकारले ध्यान दिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया