February 23, 2025, 8:31 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

आक्रमणपछि कानमा पट्टी बाँधेर पार्टीको राष्ट्रिय सम्मेलनमा पुगे ट्रम्प

साउन १, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको बन्दुक हमलापछि पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको कानमा पट्टी बाँधिएको थियो ।

आक्रमणकारीको गोली लागेर निस्किएको उनको दाहिने कानमा ठूलो ब्यान्डेज थियो।

रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स पनि उनकै बायाँपट्टी उभिएका थिए। पार्टीका सिनेटर ब्यारोन डोनाल्ड्स दायाँतर्फ उभिरहेका थिए। उनका छोराहरू एरिक र डोनाल्ड जूनियर पनि उनीसँगै बक्समा थिए। परिवारका अन्य सदस्यहरू पनि सँगै थिए।

राष्ट्रिय सम्मेलनमा वक्ताहरूको भाषणका क्रममा ट्रम्प मुस्कुराउँदै गरेको देख्न सकिन्छ। भाषणका क्रममा उनी बीचमा ताली बजाउँदै थिए ।

आइतबार ट्रम्प पेन्सिलभेनियाको बटलरमा रिपब्लिकन पार्टीको र्‍यालीमा भाषण दिइरहे थिए। सोही समयमा उनीमाथि गोली चलाइएको थियो। गोली ट्रम्पको दाहिने कान भएर गएको थियो । आक्रमणकारी म्याथ्यू थोमस क्रुक्सलाई प्रहरीले मारेको छ।

प्रतिक्रिया