October 16, 2024, 12:21 am
» पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल » चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस पुष्टि » इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु » पेट्रोलियम पदार्थको मूल्य बढ्यो » लेबनानमा खटिएका सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : नेपाली सेना

तेल बोक्ने ट्याङ्करमा भेटियो ३९२ किलो गाँजा, चालक र सहचालक पक्राउ

अशोज २२, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

हेटौंडा । मकवानपुर प्रहरीले तेल बोक्ने ट्याङ्करबाट ३९२ किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान सवा ३ बजेतिर हेटौंडा-१५ रातोमाटे चेकपोस्टबाट प्रहरीले सो परिमाणको गाँजा बरामद गरेको हो । प्रहरीले गाँजासहित ट्याङकर चालक मनहरी गाउँपालिका-९ ज्यामिरे बस्न २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।

मकवानपुरको थाहानगरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्कर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा सो परिमाणको लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याङ्करको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र प्लाष्टिकले बेरेर २५ वटा पोका बनाएर लुकाई छिपाई ल्याएको अवस्थामा खानतलासी गर्दा लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । उक्त लागुऔषध गाँजा र ट्याङ्करसहित दुवैजनालाई प्रहरीको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको बताइएको छ ।

प्रतिक्रिया