February 25, 2025, 10:20 am
» नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार » ‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली » प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त » नवलपरासी पश्चिममा भएको गोलीकाण्डबारे सांसद अमरेशले मागे सरकारको जवाफ » पूर्वबाट रातो सूर्य उदाउँदैछ- प्रचण्ड

प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : पुर्व प्रधानमन्त्री खनाल

अशोज २०, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं । पुर्व प्रधानमन्त्री एबं नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

गत साता परेको अविरल वर्षात्पछि आएको बाढी पहिरोमा परेर सयौंले ज्यान गुमाउँदा सरकारले केही गर्न नसकेको भन्दै उनले सरकार छाड्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै राजीनामा मागेका छन् ।

शनिबार बाढी पीडितलाई राहत वितरण गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले देशको यति ठूलो विपत्ति भोग्दा प्रधानमन्त्री ओली अमेरिकामा घुमेर बसेको भन्दै तत्काल सत्ता छाड्न आग्रह गरेका हुन् ।

खनालले विपद्पछिको उद्धारमा सरकार पूर्णरुपमा असफल भएको दाबी गरे ।

मुलुकमा यति ठूलो विपत्ति आइपर्दा प्रधानमन्त्री ओली,परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अर्थमन्त्री विष्णु पौडेलसमेत देशमा थिएनन् ।

विपद्पछि पनि उनीहरु भ्रमण छोट्याएर स्वदेश नफर्किएको र कार्यवाहकको जिम्मा पाएका उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

गत साता परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहितका २८ जिल्ला प्रभावित बनेका थिए ।

उक्त विपद्ले हालसम्म २३९ जनाले ज्यान लिइसकेको छ भने २० जना भन्दा धेरैको अवस्था अज्ञात छ ।

प्रतिक्रिया