February 25, 2025, 1:09 pm
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार

फाल्गुन १३, २०८१ मा प्रकाशित | २१०दर्शक तीव्रखबर

काठमाडौं । मंगलबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा रोकिएको छ ।
आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । आज ३१२ कम्निका १ करोड ७८ लाख ६५ लाख ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपै‌याँको कारोबार भएका छन् ।
आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो भने नेपाल ल्युब आयलको सेयर ९.९७ प्रतिशतल बढ्दा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८.९६ प्रतिशतल बढेको छ ।
त्यसैगरी आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको  १ अर्ब २ करोड ६२ लाख ७३ हजार ९०८ रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै नेपाल रिन्स्योरेन्सको ८३ करोड,हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट २९ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपेन्टको २७ करोड र सीईडीबी होल्डिंक्सको २४ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया