October 18, 2024, 6:24 am
» आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै » विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए » विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो » ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग » इजरेलले कसरी हमासका नेता याह्या सिन्वारलाई भेट्यो र मार्‍यो ?

सिधा कुराका प्रकाशक र सम्पादक रिहा

अशोज २०, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं,  । सिधा कुरा अनलाइनका दुई पत्रकार सर्वोच्च अदालतको आदेशअनुसार निःशर्त माफी मागेपछि जेलमुक्त भएका छन् ।

प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगाना ७ दिन कारागार बसेपछि माफी मागेर रिहा भएका हुन् ।

फैसलाको सर्तअनुसार उनीहरूले थुनामै बसेर माफीका लागि सर्वोच्च अदालतमा कानुन व्यवसायीमार्फत गत बिहीबार निवेदन दिएका थिए ।

शुक्रवार फाँटबाट निवेदन स्वीकृत भएको पत्र केन्द्रीय कारागार जगन्नाथ देवलमा पुगेपछि दुवै जना आज रिहा भएका हुन् ।

 

प्रतिक्रिया