December 26, 2024, 1:05 am
» गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो- हमास » बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए » बाँकेमा कुपोषित बालबालिका भेटिए » ‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ » काठमाडौं आइपुगे सोनु निगम, हायातको चौरमा कन्सर्ट हुँदै

अपडेट : रुस गइरहेको जहाज कजाख्स्तानमा दुर्घटना, २५ यात्रु बाँच्न सफल

पुस १०, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

बाकु- कजाख्स्तानको अकताऊ शहरमा एक यात्रुवाहक जहाज बुधबार दुर्घटनामा परेको छ।

स्थानीय अधिकारीकाअनुसार जहाजमा ६७ जना सवार थिए । अधिकारीहरूले जहाजमा सवार ६७ जनामध्ये २५ जना ज्यान जोगाउन सफल भएका बताएका  छन् ।

कजाख्स्तानको आफतकालीन मन्त्रालयका अनुसार जहाजमा सवार २५ जना यस घटनामा बाँचेका छन् । जसमध्ये २२ जनालाई अस्पताल लगिएको छ ।

जहाज जब उचाइबाट तलतर्फ आइरहेको थियो, त्यहीबेला आगो लागेको थियो । दुर्घटनमा परेको एम्बरार १९० जहाजमा ६२ यात्रु र पाँचजना चालक दलका सदस्य थिए ।समाचार एजेन्सी रोयटर्सले रूसको समाचार एजेन्सीलाई उद्धृत गर्दै जनाएअनुसार यो जहाज अजरबैजान एयरलाइन्सको थियो । जुन बाकुबाट रूसको चेचन्यास्थित ग्रोजनीतर्फ गइरहेको थियो । यो जहाजले बाक्लो हुस्सुका कारण बाटो बदलेको थियो ।

प्रतिक्रिया