February 23, 2025, 9:00 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

त्रिशुली दुर्घटना अपडेट: १३ जनाको शव भेटियो

असार ३२, २०८१ मा प्रकाशित | १२८०दर्शक तीव्रखबर

काठमाडौं : बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकामध्ये हालसम्म १३ जनाको शव भेटिएको छ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न स्थानमा १३ जनाको शव भेटिएको हो। तीमध्ये ८ जनाको सनाखत भएको र पाँच जनाको बाँकी रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सनाखत हुन बाँकी रहेकामा ४ पुरुष र एक महिला छन्।

गत शुक्रबार बिहान ३ बजे वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६-ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा त्रिशुलीमा खसेका थिए।

पछिल्लो अपडेट अनुसार एन्जल बसमा ३८ जना र गणपति डिलक्समा २७ जना गरी ६५ यात्रु रहेको प्रहरीको भनाइ छ।

यो संख्या बसको चलानमा उल्लेख भएका र आफन्तहरु आएर दिएको विवरणका आधारमा अध्यावधिक गरिएको डिएसपी थापाले बताए। गणपति डिलक्समा सवार रौतहटका नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता गरी ३ जना पौडिएर बाँच्न सफल भएका थिए।

(हेर्नुहोस् प्रहरीको विवरण)

 

 

प्रतिक्रिया