October 18, 2024, 5:18 am
» नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट » भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड ! » भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो

राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरिवाना

अशोज १७, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

मलेखु (धादिङ) । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधबार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रु २० हजार जरिवाना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खानेकुरा खुला छाडेकाले झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को उपदफा ३९ को १ को ‘क’ बमोजिम जरिवाना तिराएको हो । पुनः यस्तो भेटिएमा कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेसमेत अनुगमन टोलीले चेतावनी दिएको छ ।

प्रतिक्रिया