February 23, 2025, 8:37 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

गोली प्रहार गरेर महोत्तरीमा एक जना डाँका नियन्त्रणमा

असार ३२, २०८१ मा प्रकाशित | ८१०दर्शक तीव्रखबर

महोत्तरी : लामो समयदेखि विभिन्न स्थानमा डकैती गर्ने खुँखार डाँकालाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ। गएराति सोनमा गाँउपालिका- ५ शितलपुरबाट प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेको खुँखार डाँका सर्लाही लालबन्दी नगरपालिका- २ का ४० वर्षीय विजेन्द्र पासवानलाई नियन्त्रणमा लिएको हो।

पासवानलाई प्रहरीले एक राउन्ड गोली घुँडा मुनी प्रहार गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। गोली लागेर घाइते भएका पासवानको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तलाल प्रसाद जयसवारले बताएका छन्। सर्लाही र महोत्तरी सीमाना शितलपुर भन्ने स्थानमा जम्काभेट भइ डाँका गर्ने व्यक्ति उम्कन खोज्दा निजलाई प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको डिएसपी जैसवारले बताए। पक्राउ परेका पासवानबारेमा थप अनुसन्धान भइरहेको जैसवारले बताए।

पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा पटक पटक डकैती गर्ने खुँखार डाँकाको रुपमा रहेको प्रहरीको रेकर्डमा उल्लेख रहेका छन्।

प्रतिक्रिया