January 17, 2025, 5:57 am
» एनआइसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको भाउ कति ? » सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ » मेरो माइक्रोफाइनान्सको साधारण सभा आज » बेलायती बैज्ञानिकले भेटाए डायनोसरका २०० बढी पाइला » हमास-इजरायल सम्झौंता, आइतवारवाट तीन चरणमा सकिने

छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

अशोज १४, २०८१ मा प्रकाशित | ६९०दर्शक तीव्रखबर

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ ।

अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन् । सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ । सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसमा पेशी तोकिएको छ ।

सहकारी ठगीमा पक्राउ परेका गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया