September 19, 2024, 4:17 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

आजै मन्त्रिपरिषद् विस्तार हुने

असार ३२, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आज नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

दुई दल बीचको सहमतिअनुसार एमालेले ९ र नेपाली कांग्रेसले १० वटा मन्त्रालय सम्हाल्नेछन् ।

एमालेबाट को को मन्त्री बन्ने भन्ने बिषयमा ब्यापक टिका-टिप्पणी भइरहेको छ ।

यसैबिच पुर्व सभामुख स्व सुबास नेम्वाङका छोरा एमालेका युवा नेता सुहाङ नेङ्वाङ पनि मन्त्रीको सुचीमा रहेका छन् ।

यो  मन्त्रीमण्डलमा नेपाली काङ्ग्रेस र एमालेले युवाहरुलाई समेट्ने आशा राखिएको छ ।

राजनितिमा युवाहरुलाई आर्कषण भर्ने योजना अनुरुप सुहाङ नेङ्वाङहरुलाई पन्छाएर मन्त्री  मन्डल बनाउँदै गर्दा पछिल्लो पुस्ता राजनितिबाट पलायन हुने आशंका गरिएको छ ।

जनता सामु राम्रो सन्देश प्रवाह गर्न युवाहरु आवश्यक छन् । कांग्रेस शभापति शेर बहादुर देउवाका लागि रमेश लेखक जति महत्वपुर्ण छन् ।

उत्तिकै नजिक ओलीलागि सुहाङ नेङ्वाङ रहेकाछन् । ईलामेली जनताको मन जित्न मात्र  होइन ।

युवाहरुको ढुकढुकी बढाउन पनि सुहाङ नेङ्वाङ मन्त्री बनाउनु पर्छ ।

गत निर्वाचन ताका ईलामबाटै ओली भन्नु भएको थियो , सुहाङलाई निर्वाचित बनाएर पठाउनु मन्त्री बनाउने काम मेरो ।

हुन त ओलीको बोलीमा दम हुन्छ ।बोलेको पुर्याउने उहाको बानी छ । त्यो बोली  ईलामेली जनताले सम्झी बसेकाछन् ।अब समय आयो ओली ‘बा’ ।

ओलीले सुहाङलाई मन्त्री नबनाउदा बिदेश जाने निरास युवाहरू  अनुहारमा समेत केहि चमक आउने थियो ।

यस पटक कांग्रेस र एमालेले मन्त्रिपरिषद्मा धेरै युवा अनुहार भर्ने छ । उत्साह थप्ने छ ।

प्रतिक्रिया