काठमाडौं, । अहिले नेपालमा सवैभन्दा थला परेको क्षेत्र हो घर जग्गा ।
बेलुन फुके झैं मूल्य बढाएर छाडिएको घर जग्गाको कारोबार ठप्पै हुँदा एकातर्फ आर्थिक अवस्था पनि चलायमान हुन सकेको छैन भने अर्कोतर्फ बैंक वित्तिय संस्था पनि चल्न चल्मलाउन नसकेर थलिएका छन् ।
तर, यही अवस्था ठूला ब्यापारी, भ्रष्ट राजनीतिकर्मी र कर्मचारीका लागि भने स्वर्ग बनेको छ ।
पछिल्लो समय घर जग्गाको भाउ यसरी ओरालो लागेको छ कि तीन वर्ष अघिको तुलनामा जग्गाको भाउ एक तिहाई पनि छैन ।
काठमाडौं उपत्यकामा मात्रै खाशै मूल्य घटेको महसुश नभए पनि तराइ र पहाडमा जग्गाको भाउ अहिले दश वर्ष अघिकै हाराहारीमा झरिसकेको छ ।
त्यस्तो हुँदा पनि किन्ने मान्छे भने फेला परिरहेका छैनन् ।
त्यसमाथि बैंक वित्तिय संस्थाले आधा अपनो धितों बराबरको रकम अर्थात ब्याज छाडेर शुरुमा जति मूल्यांकन गरेर ऋण दिएको हो त्यत्ति मात्रै रकम उठने अवस्थामा घर जग्गा लिलाम गरिरहेका छन् ।
यसरी बैंक तथा वित्तिय संस्थाले सावाँ मात्रै उठ्ने गरी धितो लिलाम गर्ने र जग्गाको कारोबार नभएर सुस्ताएको मौकामा ब्यापारी, कर्मचारी र राजनीतिकर्मीहरुले भने सस्तो सस्तोमा ठूल्ठूला जग्गा हान्ने गरिरहेको पाइएको छ ।
विशेषगरी तराई क्षेत्र र पहाडमै पनि कौडीकै भाउमा जग्गा पाइएको भन्दै ठूल्ठूला जग्गाको खरिद विक्री भईरहेको बुझिएको छ ।
केही ठूला व्यापारीहरुमार्फत भ्रष्टाचारको रकम फेरि जग्गामा गईरहेको त होइन ? भन्ने आशंका पनि गरिदैछ ।
ठूला व्यापारीहरुले जग्गा उठाउनका लागि ऋण मागेपछि बैंकहरुले पनि ऋण खन्याईरहेका खबर नेपालीपत्रमा छ ।
गत पुसमा बैंकहरुको लगानी बढेको र घर जग्गाको कारोबार बढेको कारण त्यही भएको बुझिएको छ ।
तर, समग्र देशको अर्थतन्त्र शिथिल हुनु र उपभोगको माग समेत घटेको बेला बैंकहरुले फेरि जग्गामा लगानी खन्याएर फेरि फस्ने खतरा बढेको विज्ञहरुले चेतावनी दिएका छन् ।
प्रतिक्रिया