November 13, 2024, 2:56 am
» दीपक मनाङेलाई जेल पठाउन लगियो काठमाडौं अदालत » समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई » सडक दुर्घटना बढेपछि गृहमन्त्रीको निर्देशन : सवारीसाधन चेकजाँच कडा बनाउनू » तातोपानी कुण्डमा प्राकृतिक उपचारको लागि जानेको संख्या बढ्दै » वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन्’ : प्रवक्ता महत

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

अशोज ९, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

देउखुरी (दाङ),  : दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।

चट्याङ परी घाइते भएका निमकलीका तीन वर्षीय छोरा समिर साहुको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

चट्याङमा परेर ४२ वर्षीया निमकली साहु र उहाँकी छ वर्षीया छोरी सविना साहु घाइते हुनुभएकामा दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया