January 17, 2025, 7:26 pm
» चितुवाको छालासहित एक जना पक्राउ » लागूऔषधसहित ६ जना पक्राउ » चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा » भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु » शिक्षा क्षेत्रका समस्या समाधान गर्न संसद् र सरकारलाई कांग्रेस नेता महरले गराए ध्यानाकर्षण

भारतमा सडक दुर्घटनामा परी नौ जनाको मृत्यु

माघ ४, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

नयाँ दिल्ली- पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ। ।

दुर्घटना महाराष्ट्रको राजधानी सहर मुम्बईबाट करिब १८५ किलोमिटर पूर्वमा पुणे जिल्लाको नारायणगाउँ नजिक पुणे–नासिक राजमार्गमा भएको हो ।

दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए ।

प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।भारतमा ओभरलोडिङ, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ । -रासस

प्रतिक्रिया