February 23, 2025, 3:00 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

चक्कु हानिएका सैफको स्वास्थ्यमा सुधार, सारियो ‘नर्मल वार्ड’मा

माघ ४, २०८१ मा प्रकाशित | १०४०दर्शक तीव्रखबर

काठमाडौं– घरमै घुसेर लुटेराले चक्कु प्रहार गरेपछि घाइते बलिउड नायक सैफ अलि खान स्वास्थ्यमा सुधार आएको छ ।

मुम्बईको खारस्थित आफ्नै अपार्टमेन्टमा लुटेराले चक्कु प्रहार गरेपछि सैफ घाइते भएका थिए । यो घटना बिहीबार राति साढे १ बजेको हो ।

भारतीय मिडियाहरुका अनुसार घाइते सैफ आफ्ना आठ वर्षीय छोराका साथ लीलावती अस्पताल पुगेका थिए । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनी रक्ताम्य शरीर लिएर अस्पताल पुगेका थिए ।

चक्कु आक्रमणबाट उनको कुम, हात र टाउकोमा गरी ६ वटा चोट लागेको छ । लीलावत अस्पतालका अनुसार सैफको गर्धन नजिकको मेरुदण्ड हड्डीबाट चक्कुको एक टुक्रा सल्यक्रिया गरि निकालिएको छ । यो सहित उनको दुवै हातमा गहिरो चोट छ ।

उपचार पश्चात अस्पतालले बिहीबार विज्ञप्ति जारी गरी खतरामुक्त रहेको जानकारी दिएको थियो ।

सैफको शुक्रबार भने स्वास्थ्यमा थप सुधार आएको छ । आईसीयूबाट उनलाई साधारण कक्षमा सारिएको अस्पतालले बताएको छ ।

उपचारमा संलग्न डा. नितिन डांगेअनुसार सैफ अहिले हिड्न सक्ने अवस्थामा रहेको भारतीय मिडिया अमरउजाला उल्लेख गरेको छ ।

डाक्टरकाअनुसार उनीमा दुखाई पनि कम हुँदै गएको छ । घाउमा संक्रमणको डरले उनलाई हिँडडुल गर्न भने रोक लागइएको छ ।

प्रतिक्रिया