काठमाडौं । डोटीमा आमाको किरियामा बसेका एक युवकलाई युवती बलात्कारको आरोपमा किरिया बसिरहेकै ठाउँबाट पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका-६ का ३८ वर्षीय लाल रैकाललाई २० वर्षीया युवती बलात्कार आरोपमा किरिया बसेकै ठाउँबाट आइतबार पक्राउ गरिएको हो ।
उनीमाथि भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेको थियो । बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँसमेत उनले लुटेको जाहेरीमा उल्लेख छ ।बलात्कारपछि फरार रहेका रैकाल आमाको निधनको खबरपछि गाउँ फर्किएका थिए ।जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले शनिबार राति आमाको निधन भएपछि दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला उनलाई पक्राउ गरिएको बताए । उनलाई आज म्याद थपका लागि अदालत पेश गरिने उनले डीएसपी भट्टराईले बताए ।
प्रतिक्रिया