February 24, 2025, 12:09 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

मधेश सरकारले मनाउँदै बलिदानी दिवस

माघ ५, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गर्दै मधेश सरकारले दिवस मनाउन लागेको मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ।
बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदको सम्झनामा एक लाख दिप प्रज्वलन गर्ने बताइएको छ।
२०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ।
माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो।
सो दिनलाई स्मरण गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया