January 22, 2025, 12:50 pm
» राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’ सार्वजनिक » रविको बयान सकियो, थुनछेक बहस आज नहुने » नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह » NEPSE up by 52.36 Points; trading volume hits Rs 9.20 billion » काठमाडौंवाट ४ चोर पक्राउ

तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिता : असोज ७ गतेबाट शुरु, १८ टोलीको प्रतिस्पर्धा हुने

अशोज ५, २०८१ मा प्रकाशित | १८९०दर्शक तीव्रखबर

काठमाडौं – तेस्रो मातातिर्थ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सो प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ को मातातिर्थ मन्दिर स्थीत रहेको खुल्ला चौरमा असोज ७ गते बुधबारदेखि सुरु हुने उक्त प्रतियोगितामा कुर्दान फुटबल एकेडेमी, सिद्धीकाली युथ क्लब, प्लेयर्स फुटसल, विजयपुर युथ क्लब, फारभीजन युथ क्लब, द हिलिङ होम एफसी, समतामूलक युवा क्लबले सहभागिता जनाउनेछन्। यसैगरी वल्जी फुटबल क्लब, लोरेन युवा क्लब, वीआर ब्रदर्श, गणेशमान स्मृति फुटसल क्लब, मिलन युथ क्लब, किसिपिडी युवा क्लब, भुँइखेल युवा क्लब, एभरेस्ट युवा क्लब, ल्याक्टो लक्ष्य क्लब, आकाशटोल वाणस्थली युवा क्लब र ब्लु–बेल फुटबल क्लबले भाग लिने अयोजक मातातिर्थ संरक्षण तथा विकास संस्र्थाले आज एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले नगद ४ लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने र दोश्रो हुने टोलीले २ लाख ५० हजार रूपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै तेस्रो स्थान प्राप्त गर्ने टोलीले १ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उत्कृष्ठ टोलीले २० हजार प्रोत्साहन रकम पाउने अयोजक संस्था मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए।

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ठ खेलाडी, सर्वाधिक गोल कर्ता, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोल रक्षकले नगद १० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्ने पनि आयोजक संस्थाले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका लगायतका विभिन्न संघसंस्था एवं व्यक्तिहरुको सहयोेगमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गतका खेलहरु चन्द्रागिरि नगरपालिका ६ मातातिर्थ बालागाउँमा खेलाइने छ । मातातिर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन हुने प्रतियोगिता असोज ७ गतेबाट सुरु भई असोज २३ गते समापन गरिने तालिका रहेको छ।

दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नक्सालस्थित स्टार ११ को चुनौती ४-० ले पन्छाउँदै तीनथानाको कुर्दन फुटबल एकेडेमीले जितेको थियो । प्रतियोगिताको पहिलो संस्करण किसिपिडी युथ क्लबले जितेको थियो ।

प्रतिक्रिया