February 23, 2025, 3:18 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

जुनारले पहेँलपुर सिन्धुलीको खनियाँखर्क

माघ ९, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं– धुलिखेल–सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यति बेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ ।

बिपी राजमार्गमा यात्रा गर्ने सवारी साधनका यात्रुहरू जुनार किन्नैका लागि भए पनि केही समय खनियाँखर्कमा विश्राम गर्ने गर्दछन् ।

यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौं र भारतका विभिन्न सहरसम्म लोकप्रियता पाएको छ । राजमार्गमा जुनारको कारोबारसमेत राम्रो हुँदा त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर उकासिएको छ ।

पूर्वी तराईका विभिन्न जिल्लाबाट यही राजमार्ग हुँदै काठमाडौं आवतजावत गर्ने दैनिक हजारौँ साना ठूला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन् ।

विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रीका लागि राखेपछि खनियाखर्क बजार नै जुनारले उज्यालिएको स्थानीय बताउँछन् ।

खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जन बढी जुनार व्यवसायी छन् । किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् ।

अहिले भने जुनारको सिजन सकिन लागेकाले खनियखर्कमा १२० देखि १४० रुपैयाँ प्रति किलोसम्ममा जुनारको कारोबार भइरहेको छ ।

प्रतिक्रिया