September 19, 2024, 4:16 pm
» क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ » असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने » प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान » PM asks to secure future by using constitutionally ensured freedom

सेतीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता

अशोज २, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता भएका छन् । बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढासहित २ जना बेपत्ता भएका हुन्। बेपत्ता अर्काको पहिचान खुलेको छैन।ट्याक्टरमा चालकसहित ५ जना सवार थिए। ३ जनाले हाम फालेर ज्यान जोगाएका छन्। घाइतेहरूको झोतामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया