February 26, 2025, 7:11 am
» महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना » PM Oli extends best wishes on Mahashivaratri Day » राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस » अधिवक्ता धामीलाई ज्यान मार्ने धम्की, दिए प्रशासनमा उजुरी » पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध

अबैध हतियारसहित रौतहटका यादव पक्राउ

भदौ १७, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

सञ्जय मिश्रा, रौतहट । रौतहटसँग सिमाना जोडिएको भारत बिहार घोडासहन थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित भारतीय सीमा सुरक्षा बल एसएसबीको गस्ती टोलीले एकजना नेपाली लाई अबैध हतियार सहित पक्राउ गरेको छ ।
तस्करहरुको समूहले गएराती रौतहटबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ल्याइरहेको बिशेष सूचनाको आधारमा एसएसबीको ७१औं बटालियन जमुनिया क्याम्पबाट गएको टोलीले अबैध हतियार सहित नेपाली नागरिकलाई पिठवा गाउँ छेउ बगैंचामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको बौधिमाई नगरपालिका बंकुल गाउँका ३० बर्षीय सिकिन्दर यादव रहेको एसएसबी क्याम्प पिपराकोठीका प्रमुख कमान्डेन्ट प्रफुल कुमारले बताएका छन् ।
यादवले कमरमा लुकाई राखेको १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली बरामद गरि आवश्यक कारवाहीको लागि झरौखर थानामा बुझाईएको कमान्डेन्ट कुमारले जानकारी दिएका छन् ।
पक्राउ परेका यादव समेतको तस्कर गिरोहले नेपालको बिभिन्न स्थान बाट लागुऔषध गाँजा भारतीय क्षेत्रमा तस्करीको माध्यमले पुर्याउने गरेको एसएसबीको ठहर रहेको छ।जिल्ला प्रहरी कार्यालय मोतीहारिका प्रमुख एसपी कान्तेश कुमार मिश्रले घटनाको पुष्टी गरेका छन्। अनुमण्डल पुलिस पदाधिकारी अशोक कुमार, सहायक कमान्डेन्ट विश्वास केएम, थानाध्यक्ष अभय कुमार सहितको टोलीले पक्राउ गरेको आरोपी सिकिन्दर यादव हाल नियन्त्रणमा रहेको तथा अदालत बाट म्याद थमाई थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले पनि सिकिन्दर यादव अबैध हतियारसहित भारतीय क्षेत्रमा पक्राउ परेको पुष्टी गरेका छन ।

प्रतिक्रिया