February 26, 2025, 11:31 am
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

महाशिवरात्रिमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

फाल्गुन १४, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौँ, । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आत्मिक अनुशासन, आपसी सद्भाव र सामाजिक सहिष्णुताले मात्रै शान्ति स्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ । महाशिवरात्रिको अवसरमा सामाजिक सञ्जाल एक्समा हामीले मनाउने पर्व र उत्सवहरुले आपसी एकता र सहिष्णुताको भावना अभिवृद्धि गर्ने विश्वास लिएको उहाँले बताउनुभएको छ ।

“नेपाललगायत विश्वभरीका हिन्दु धर्मालम्बीहरुले भगवान् शिवको आराधना गरी मनाउने यो पर्वले सबैलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस भन्ने शुभकामना छ,” उहाँले लेख्नुभएको छ ।

“आज नेपाली सेनाको स्थापना दिवस पनि हो । देश र जनताको सुरक्षाको लागि कटिबद्ध रही अन्तरराष्ट्रिय जगत्मा पहिचान बनाउन नेपाली सेनालाई सफलता मिलोस् भन्ने शुभकामना दिन्छु”, उहाँले एक्समा लेख्नुभएको छ ।

प्रतिक्रिया