February 23, 2025, 2:22 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

न्युरो सम्बन्धी रोगबाट ग्रसित तामाङलाई युनाईटेडको सहयोग

माघ १२, २०७७ मा प्रकाशित | २१५०दर्शक तीव्रखबर

पोखरा ।
युनाईटेड क्लव पोखराले आफ्नो सामाजिक काम अन्तर्गत न्युरो सम्बन्धी रोगबाट ग्रसित विरामीको उपचारका लागि एक ब्याक्तिलाई आर्थिक सहयोग गरेको छ । मकवानपुर जिल्ला हेटौडा घर भइ हाल पोखरा बस्दै आएका मिलन बल तामाङलाई नगद २५ हजार प्रदान गरिएको हो । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ सहितका पदाधिकारीहरुले उक्त रकम लामो समयदेखी न्युरो सम्बन्धि रोगबाट ग्रसित तामाङलाई हस्तान्तरण गरिएको हो ।
सो अवसरमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले स्थापनाकालदेखीनै सामाजिक काममा अगाडि वढिरहदा स्थापनाकालदेखीनै विभिन्न रोगबाट ग्रसित भइ आर्थिक अभावमा उपचार नपाएकाहरुलाई सानो भएपनि राहत रकमहरु प्रदान गर्दै आइरहेको र सोही अनुरुप आज पनि न्युरो रोगबाट ग्रसित युवालाई सानो सहयोग रकम प्रदान गरेको वताए । युनाईटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा नया गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी चाल्नुका साथै  सेती नदी संरक्षण र विभिन्न विपदमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै मकवानपुर जिल्ला हेटौडा घर भइ हाल पोखरा बस्दै आएका न्युरो सम्बन्धि रोगबाट ग्रसित मिलन बल तामाङले आफु लामो समयदेखी न्युरो सम्बन्धी समस्याबाट ग्रसित हुदै आइरहेको वेला युनाईटेड क्ल्वले सहयोग गरेर ठूलो राहत प्रदान गरेको वताए । युनाईटेड क्लवले सामाजिक काम गर्दै आइरहेको आफुलाई थाहा भएको र हाल आएर आफुलाईनै क्लवले सहयोग गर्दा निकै खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिदै आफुहरुजस्ता दुखीहरुको सेवामा लाग्न समेत आग्रह गरे । युनाईटेड क्लवले वर्षेनी विभिन्न रोगबाट ग्रसित जो उपचार गर्ने पैसा अभावमा वाचिरहेका छन उनीहरुलाई अस्पतालमै गएर समेत सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया