February 25, 2025, 10:30 am
» चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को? » गोविन्दा र सुनिताबीच डिभोर्सको हल्लाले तात्यो बलिउड » नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार » ‘नारायणहिटी खाली गर’ भन्दै धनगढीमा राप्रपाले निकाल्यो मोटरसाइकल र्‌याली » प्रेम सम्बन्धका कारण पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका तनावग्रस्त

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

भदौ ७, २०८१ मा प्रकाशित | ८४०दर्शक तीव्रखबर

काठमाडौं,  : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका-९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेका छन् ।

पक्राउ पर्नेमध्ये लाल बहादुरले १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र ईश्वर प्रसादले १ जना पीडितबाट ५० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लाल बहादुरलाई काठमाडौं नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको  हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया