February 23, 2025, 2:57 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

रोजगारीका लागि मलेसिया पुगेका १७ नेपालीको शव लिन जाँदै निगमको वाइड बडी

माघ ९, २०७७ मा प्रकाशित | २१२०दर्शक तीव्रखबर

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा वाइड बडी जहाज मलेशियामा शव लिन आज बेलुकी ११ बजे उड्ने भएको छ । निगमको उक्त जहाज भोलि शनिबार ८ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले मलेसियामा रहेका ३७ मध्ये १७ शव ल्याउने जानकारी दिए । रोजगारका लागि मलेसिया गएका नेपालीहरु विभिन्न कारणले मृत्यु भएपछि उनीहरुको शव नेपाली दूतावासको समन्वयमा मलेसियामै राखिएको छ । सरकारले शव ल्याउन उचित बन्दोबस्ती नगर्दा लामो समयदेखि ती नेपालीहरुको शव परिवारले बुझ्न पाएका छैनन् ।

उनले निगमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा शव ल्याउन लागिएको प्रबन्ध निर्देशक पौडेलले बताए । खालि जहाज उडाएर मलेसिया पठाउन लागिएको  हो । मलेसिया जाने जहाजले एकजना पनि यात्रुलाई बोक्ने छैन । कोरोनाकालमा मलेसिया जानेभन्दा पनि उताबाट यता आउनेको संख्या धेरै हुन्छ ।

विदेशमा गएका नेपालीहरुले पठाएको पैसा (रेमिट्यान्स) ले सरकारको अर्थतन्त्र चलेको छ । तर नेपालकै लागि आफ्नो ज्यान दिने ती मृतक नेपालीहरुको शव ल्याउन सरकारले चासो दिएको छैन ।

प्रतिक्रिया